
नयाँदिल्ली । पाकिस्तानले आइसिसीका प्रतियोगिता खेल्न अब भारत जान नपर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)को बोर्ड बैठकले पाकिस्तान र भारतमा सन् २०२७ सम्म हुने सबै प्रतियोगिता तटस्थ भूमिमा आयोजना गर्ने निर्णय गरेको छ ।
पाकिस्तानले आगमी फेब्रुवरी मार्चमा च्याम्पियन्स ट्रफी आयोजना गर्दैछ । तर, भारतले सुरक्षा कारण देखाउँदै आफू पाकिस्तान नजाने बताउँदै च्याम्पियन्स ट्रफी हाइब्रिड मोडलमा गर्न प्रस्ताव गरेको थियो । तर, आइसिसीले भारत र पाकिस्तानले २०२७ सम्म आयोजना गर्ने सबै प्रतियोगिता तटस्थ भूमिमा आयोजना गर्ने निर्णय लिएको हो ।
योसँगै पाकिस्तानलाई च्याम्पियन्स ट्रफी आयोजना गर्ने बाटो खुलेको छ । च्याम्पियन्स ट्रफी सन् २०१७ पछि पहिलोपटक हुँदैछ । पाकिस्तानले २०१७ को फाइनलमा भारतलाई १८० रनले हराउँदै उपाधि जितेको थियो । च्याम्पियन्स ट्रफी २०२५ मा अष्ट्रेलिया, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, भारत, बंगलादेश, अफगानिस्तान, न्युजिल्याण्ड र पाकिस्तानबीच हुनेछ ।
सन् २०२३ को एकदिवसीय विश्वकपका शीर्ष आठ टोलीले च्याम्पियन्स ट्रफी खेल्न पाउनेछन् । २०२६ मा भारत र श्रीलंकाले संयुक्त रूपमा टी-२० विश्वकप आयोजना गर्नेछन् । पाकिस्तान २०१६ मा टी-२० विश्वकप र २०२३ मा एकदिवसीय विश्वकप खेल्न भारत गएको थियो । तर, भारत भने गतवर्ष एसिया कप खेल्न पाकिस्तान नजाँदा आफ्ना सबै खेल श्रीलंकामा गएर खेलेको थियो । भारत सन् २००५–०६ पछि कुनै पनि प्रतियोगिता खेल्न पाकिस्तान गएको छैन । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच