काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–६ धापासीस्थित एक घरमा भीषण आगलागी भएको छ ।
आगलागीबाट साढे तीन तलाको घर पूरै जलेको प्रहरीले जनाएको छ ।
उक्त घर भाइकाजी श्रेष्ठको रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार साँझ ५ बजेर २३ मिनेटको समयमा घरमा आगलागी भएको हो ।
अहिले काठमाडौं, ललितपुर, भक्तपुरको दमकलको सहायतामा नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
थप विवरण आउन बाँकी छ ।










