
पोखरा । यही पुस १० गतेदेखि पोखरामा बेलुन महोत्सव आयोजना हुने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले २५ डिसेम्बर २०२४ बाट पोखराको पामे क्षेत्रमा बेलुन महोत्सव गर्न लागिएको जानकारी दिएको हो ।
पोखराको साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्याउँदै अन्तर्राष्ट्रिय बेलुन महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । महोत्सवबारे जानकारी दिँदै बेलुन नेपाल प्रालिका प्रबन्ध निर्देशक सविन महर्जनले नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाइमा पु¥याउन बिवाइडी इन्टरनेसनल बेलुन महोत्सव गर्न लागेको बताउनुभयो । पर्यटन क्षेत्रलाई कोरोना महामारीपूर्वको अवस्थामा ल्याउन सक्रिय भूमिका खेल्ने विश्वासका साथ नेपालमा पहिलोपटक महोत्सव आयोजना गर्न लागेको बताउनुभयो ।
नौ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झण्डै दुई दर्जन बेलुनहरू पोखरेली आकाशको उच्च उचाइमा पुग्ने उहाँले बताउनुभयो । महोत्सवले पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्नुका साथै साहसिक पर्यटनलाई पनि अगाडि बढाउने लक्ष्य राखेको उहाँको भनाइ थियो । अन्तर्राष्ट्रिय बेलुन फेस्टिभलमा संयुक्त राज्य अमेरिका, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनामलगायत विश्वका विभिन्न देशको प्रतिनिधित्व हुने उहाँले जानकारी दिनुभयो । महोत्सवमा २५ वटा बेलुन उडाइने र पाँच हजार फिटसम्म उडाइने उहाँले बताउनुभयो । महोत्सवको बजेट सात करोड अनुमान गरिएको छ ।
४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिमशृंखलासहित माछापुच्छ्रे र धौलागिरिका साथै पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिने आयोजकले बताएको छ । कार्यक्रमको ब्राण्ड एम्बेसडरका रूपमा अभिनेता राजेश हमाल र अभिनेत्री प्रियंका कार्की हुनुहुन्छ । सन् १९७२ मा संयुक्त राज्य अमेरिकाबाट सुरु भएको अल्बुकर्क इन्टरनेसनल बेलुन फेस्टिबल अहिले विश्वभर विभिन्न देशमा आयोजना भइरहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच