हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाको मैला स्वास्थ्यचौकीमा एक दिन सञ्चालन भएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा तीन सय, चालीस जना नागरीकले सेवा लिएका छन् ।
पुस २ गते सञ्चालन भएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा एक सय ८४ महिला र एक सय ५६ जना पुरुषको स्वास्थ्य परिक्षणका साथै उपचार गरिएको ताँजकोट गाउँपालिका स्वास्थ्य संयोजक धनराज ढकालले बताउनुभयो । एक दिन सञ्चालन भएको शिविरमा सम्पूर्ण विरामका उपचारका साथै यहाँका नागरीकको स्वास्थ्य चेकजाँच गरिएको संयोजक ढकालले बताउनुभयो । निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा उपचार गराउन पुगेका विरामीलाई समेत औषधि निःशुल्क वितरण गरिएको जानकारी प्राप्त भएको छ ।
आयुर्वेद स्वास्थ्य केन्द्र हुम्ला र ताँजकोट गाउँपालिकाको आयोजनामा मैला स्वास्थ्यचौकीमा एक दिन निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन भएको हो ।
एक दिन सञ्चालन भएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा टाउको दुख्ने, रूघाखोकी, दम, पित्ताशय, पेट फुल्ने, पेट दुख्ने, खान नलाग्ने, पटक पटक दिशा लाग्ने, कब्जियत, उच्च रक्तचाप, मधुमेह, हाडजोर्नीको दुखाई, साना सामान्य समस्या, जन्डिस, खाल सामान्य समस्या, पित्ताशय सम्बन्धी समस्या, मृगौलासम्बन्धी समस्या लगायतको चेकजाँच भएको हो । महिलाका समस्याहरू जस्तै तल्लो पेट दुख्ने, धेरै पानी बग्ने, महिनावारीमा गडबडी जस्ता समस्याहरूको निःशुल्क चेकजाँच गरिने भएको प्रमुख शर्माको भनाई छ ।
शिविरमा निःशुल्क औषधि वितरण एवं जटिल समस्याहरूको लागि उचित परामर्श सेवा प्रदान गरिएको शर्माको भनाई थियो ।






