
काठमाडौं । माघ ४ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘एक्टर’को रोमान्टिक गीत ‘चिरी च्याटट् बरिलै’ सार्वजनिक गरिएको छ । रीता रायमाझीको शब्द, मनोहरि थापा र सुनिता कार्कीको स्वर र सम्राट थापाको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । नायक प्रिन्स थापा र कविता नेपालीलाई मुख्य भूमिकामा गीतको भिडियोमा देखाइएको छ ।
नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘एक्टर’ आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन, मनोरञ्जनपूर्ण चलचित्र बनेको निर्माता मनोहरि थापाले बताउनुभयो ।
‘एक्टर’मा प्रिन्स थापा, शिवानी गिरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, शिबु शाह, निशा केसी भण्डारी, महेन्द्र मैनालीलगायत कलाकारको अभिनय छ । चलचित्रमा सम्राट थापाको कथा तथा संगीत छ । सम्राट बस्नेतको द्वन्द्व, माइकल चन्दको नृत्य, युवराज राई र डम्बर राईको छायांकन रहेको यो चलचित्रलाई मदन घिमिरेले निर्देशन गर्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच