सेयर बजार घट्यो

Read Time = 2 mins

काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार ४.२७ अंकले घटेर १८६६ अंकमा झरेको छ । तर, सेयर कारोबार भने ६९ करोड २२ लाख ७१ हजार सात सय ५५ रुपैयाँ बराबरको छ । सूचीकृत दुई सय ७१ कम्पनीका २३ लाख ३६ हजार छ सय २५ कित्ता सेयर खरिदबिक्री भएका थिए । होटल तथा पर्यटनमूलक, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, विकास बैंक, फाइनान्स, लाइफ इन्स्योरेन्स र अन्य उपसमूहगत सूचक बढेका छन् भने अन्य घटेका छन् । व्यापार सर्वाधिक १.५३ प्रतिशतले घटेको छ ।

श्वेतगंगा हाइड्रोपावरको सर्वाधिक ४.७० प्रतिशतले घटेको छ भने मिथिला लघुवित्त ४.५७, नयाँ सारथी लघुवित्त ३.९४, किसान लघुवित्त ३.९२ र सानिमा मिडिल तमोर हाइड्रोपावरको ३.५५ प्रतिशतले घटेको छ ।

ADVERTISEMENT

आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ८.२० प्रतिशतले बढेर ४३६.९० रुपैयाँ पुगेको छ । सनराइज डिबेञ्चरको २०८० को ४.९७, गुराँस लघुवित्तको ४.३५, पिपल्स पावर ३.९८ र सनराइज ब्लुचिप फण्डको इकाईमूल्य ३.७७ प्रतिशतले बढेको छ ।

यस दिन कुल ६९ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएकोमा हिमालयन डिष्टिलरीको सर्वाधिक दुई करोड ४४ लाख ४९ हजारको सेयर खरिदबिक्री भएका छन् । नेपाल टेलिकमको दुई करोड २८ लाख ४६ हजार, शिवम् सिमेन्ट्सको दुई करोड १५ लाख ४९, तारागाउँ रिजेन्सी होटलको दुई करोड तीन लाख ६८ हजार र नबिल बैंकको एक करोड ८० लाख ४६ हजार रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज