
काठमाडौं । चलचित्र ‘लाज शरणम्’ निर्माण टिमले क्यान्सर पीडित नवराज न्यौपानेलाई आर्थिक सहयोग गरेको छ । चलचित्रका निर्देशक कुमार कट्टेल ‘जिग्री’सहित कलाकारद्वय अर्जुन घिमिरे ‘पाँडे’, हरिश निरौला ‘क्रकोच’लगायतले न्यौपानेलाई उहाँकै घर पुगेर ५० हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको हो ।
सिन्धुपाल्चोक घर हुनुभएका न्यौपानेलाई कुबेतमा काम गर्दा ब्लड क्यानर भएको थियो । ब्लड क्यान्सर भएपछि उहाँ दुई वर्षअघि नेपाल आउनुभएको थियो । अहिले उपचाररत न्यौपानेलाई आर्थिक अवस्था कमजोर भएकाले थप उपचारमा कठिनाइ भइरहेको छ ।
चर्चित टेलिभिजन शृंखला ‘सक्किगो नि’ टिमले ‘लाज शरणम्’ निर्माण गरेको हो । कट्टेलकै लेखन रहेको यो चलचित्र आगामी फागुन १४ गतेदेखि सिनेमाघरमा आउँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच