मकवानपुर नेकपा (एमाले) हेटौँडा उपमहानगरको अध्यक्षमा बोलबहादुर कार्की विजयी हुनुभएको छ ।
एमाले हेटौँडा उपमहानगरपालिकाको दोस्रो अधिवेशनले कार्कीको अध्यक्षतामा ८१ सदस्यीय कमिटी निर्वाचित गरेको हो । सोमबार भएको निर्वाचनमा कार्कीले एक सय ७६ मत प्राप्त गर्नुभएको थियो । उहाँको निकटतम प्रतिस्पर्धी जनरल श्रेष्ठ ‘जेन’ ले एक सय ३३ मत प्राप्त गर्नुभयो ।
यस्तै, उपाध्यक्षमा राजकुमार बास्तोला, सचिवमा शान्ता गौतम, उपसचिव खुल्लामा शान्तेकुमार तामाङ र उपसचिव महिलामा चन्द्रावती पनेरू निर्वाचित हुनुभएको छ ।
रासस






