चोरीका घटनामा संलग्न भारतीय नागरिक पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता

प्रतिकात्मक तस्वीर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

सिरहा । मधेसका विभिन्न जिल्लामा चोरीका घटनामा सम्लग्न भारतीय डाँका सिरहाबाट पक्राउ परेका छन् । प्रहरीले शनिबार सिरहास्थित नेपालभारत सीमाक्षेत्रबाट भारतीय नागरिक आरिफ खान भन्ने आरिफ हुसैनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानका अनुसार नेपालसहित भारतका विभिन्न स्थानमा हुसैनविरुद्ध डकैती, लुटपाट तथा सङ्गठित अपराध मुद्दा दर्ता छ । महोत्तरीको महोत्तरी गाउँपालिका-२ स्थित एनएमबि बैंकको शाखामा २०८० साल जेठ १६ गते पाँच जनाको हतियारधारी समूहले पेस्तोल देखाएर रु ३८ लाख लुटेको घटनामा पनि उनी प्रतिवादी रहेका थिए ।

ADVERTISEMENT

त्यसैगरी २०७९ फागुन १० मा सिरहाको मिर्चैया नगरपालिका-३ स्थित बतहा पुलमा पैसा बोकेर गइरहेका ग्लोबल आइएमई बैंकका कर्मचारीलाई पेस्तोल देखाई रु नौ लाख लुटेर फरार भएको घटनामा पनि उनी प्रतिवादी रहेको प्रहरी उपरीक्षक पासवानले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अन्य धेरै चोरी डकैतीका घटनामा उनको संलग्नता रहेको अनुसन्धानबाट खुलेको छ । तर सबै घटनामा मुद्दा दर्ता छैन ।”

भारतमा बसी नेपालमा सङ्गठित अपराध गर्दै आएका डाँकाहरूको समूह नै रहेको र पक्राउ परेका डाँकु हुसैन उक्त समूहका नाइके रहेको प्रहरीले जनाएको छ । उक्त समूहका अन्य केही व्यक्ति महोत्तरी प्रहरीले पक्राउ गरिसकेको जनाएको छ । उक्त समूहले नेपालमा मात्र नभएर भारतमा पनि चोरी, डकैती गर्दै आएको र भारतीय प्रहरीले उनीबारे सूचना दिनेलाई रु २५ हजार पुरस्कार दिने घोषणा गरेको प्रहरी उपरीक्षक पासवानले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?