नुवाकोट । धान्य पूर्णिमाको अवसरमा यहाँको दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर महादेव मन्दिरमा ५० हजार भक्तजनले पूजा आराधना गरेका छन् ।
दुप्चेश्वर क्षेत्र विकास कोषका संरक्षक तथा गाउँपालिका अध्यक्ष शङ्करबहादुर थापाका अनुसार यस वर्ष एकादशीका दिनदेखि सुरु भएको जात्राअन्तर्गत मुख्य दिन शनिबार र आइतबार दुई दिनमा २० हजार बढी दर्शनार्थी आएका थिए ।
तिथीको गडबडले यसवर्ष शनिबार र आइतबार दुईदिन पूर्णिमा परेकाले दर्शनार्थी उत्साहजनक रुपमा आएको मन्दिरका पूजारी भगवानहरि धितालले बताउनुभयो । पौराणिक कथन अनुसार धेरै वर्ष पहिला स्थानीय बासु तामाङको गाई हराएपछि खोजी गर्दै जाँदा अनकन्टार पहरोमा पुगेर शिलामा दूध चढाइरहेको भेटिएकाले उक्त शिलालाई दुग्धेश्वर महादेव रहेको विश्वासमा पूजा आराधाना गर्न थालिएको हो । गाईले दूध चढाएको हुदाँ दुग्धेश्वर हुदैँ हाल यस मन्दिरलाई दुप्चेश्वर भन्ने गरिन्छ ।
मन्दिरका पुजारी धितालको अनुसार ‘भक्तजनले जे माग्यो त्यो सिद्ध गराउने’ भगवान्को रुपमा पुजिने दुप्चेश्वरले विशेष गरी पुत्रलाभ गराउने विश्वास गरिन्छ । मन्दिरमा दर्शन गरेमा सन्तान प्राप्ति, बोली नफुटेका बालबालिका बोल्न सक्ने, गाईभैँसीँको दाम्लो चढाएमा पशुधन प्राप्त हुने लगायतका विश्वासमा मन्दिर दर्शन गर्न दैनिक सयौँको सङ्ख्यामा भक्तजन आउने गरेका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts