काठमाडाैं । छुट्टाछुट्टै ठाउँबाट प्रहरीले करिब १ सय २६ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेकाे छ ।
सुनसरीकाे धरान उपमहानगरपालिका-१७ बाट अवैध लागूऔषध गाँजा करिब १ सय २३ किलो ३ सय ९० ग्रामसहित धरान उपमहानगरपालिका-१७ बस्ने ३१ वर्षीय धन बहादुर भण्डारीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट रेल्वे धरानबाट खटिएको प्रहरीले प्रदेश १-०२-००२ ह १६५५ नम्बरको अटोलाई जाँच गर्ने क्रममा ७ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक धन बहादुरलाई पक्राउ गरेको हो ।
यसैगरी चितवनकाे रत्ननगर नगरपालिका-१० निपनी चोकबाट अवैध लागूऔषध गाँजा २ किलो ८ सय ६४ ग्राम सहित सोही ठाउँ बस्ने ४६ वर्षीय सरद लम्साललाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच