
काठमाडौं । कन्टेन्ट क्रियटरसँग सेफ्टी एम्बेसडर कार्यक्रमअन्तर्गत नेपालमा डिजिटल सुरक्षाबारेमा चेतना जगाउन टिकटकले एक कार्यक्रम आयोजना गरेको छ । शनिबार काठमाडौंमा आयोजित सेफर टुगेदर अभियानअन्तर्गत टिकटकले आफ्ना प्रयोगकर्ता र प्लेटफर्म दुवैको सुरक्षामा जोड दिएर के गर्न सकिन्छ र के गर्नुपर्छ भन्ने विषयमा केन्द्रित सामूहिक छलफल आयोजना गरेको हो ।
सो अवसरमा ओसिन सिटौला, पराक्रम राणा, मंगिता मानन्धर, सुशान्त प्रधान, राष्ट्र विमोचन तिमल्सेना र श्री पाण्डेलगायत कन्टेन्ट क्रियटरसहितको सामूहिक छलफल भएको थियो । वक्ताहरूले इन्टरनेटको जिम्मेवार प्रयोग र सुरक्षित सामग्री निर्माणको वकालत गर्दै गलत सूचना, उत्पीडन, साइबर बुलिङ, अनलाइन ठगीलगायतका डिजिटल सुरक्षाका विभिन्न पक्षबारे चर्चा गरेका थिए ।
कसरी आकर्षक कन्टेन्ट सिर्जना गरेर राम्रो कन्टेन्ट क्रियटर बन्न सकिन्छ भन्नेबारे सुझाव र दिशानिर्देश पनि दिइएको थियो । टिकटक प्लेटफर्ममा ‘सेफ्टी सेन्टर’ मा सुरक्षा अपडेटहरूका लागि केन्द्रीकृत स्थान प्रदान गरिएको र जसले प्लेटफर्ममा सुरक्षा दिन सबै कार्यसम्बन्धी जानकारी प्रदान गरिने टिकटकले जनाएको थियो ।
कम्पनीका अनुसार सुरक्षा केन्द्रले नयाँ प्रयोगकर्ता सुरक्षा गाइड, अभिभावकका लागि गाइड, सुरक्षा सुनिश्चित गर्न के गर्ने भन्नेबारेका स्रोत र पूर्ण गोपनीयता गाइडसहित टिकटकका सुरक्षा सुविधा र उपायबारे सबै टुल्स र सुझाव पनि समावेश गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच