काठमाडौं । अधिकांश वाणिज्य बैंकले पुस महिनाका लागि पनि पुरानै ब्याजदरलाई निरन्तरता दिने भएका छन् । २० वाणिज्य बैंकहरूमध्ये तीन वाणिज्य बैंकले मात्रै पुस महिनाका लागि ब्याजदर घटाएका छन् भने तीन बैंकले ब्याजदर बढाएका छन् ।
१४ बैंकले ब्याजदर स्थिर राखेका छन् । एनएमबी बैंक, प्राइम कमर्सियल बैंक र कृषि विकास बैंकले ब्याजदर बढाएका छन् भने एनआइसी एसिया बैंक, सानिमा बैंक र नेपाल बैंकले ब्याजदर घटाएका छन् ।
व्यक्तिगत मुद्दति निक्षेपमा पुस महिनामा सबैभन्दा धेरै ब्याज दिने बैंक एनआइसी एसिया बैंक रहेको छ । एनआइसीले अधिकतम ६.६ प्रतिशत ब्याज दिने भएको छ । सबैभन्दा कम ब्याज लक्ष्मी सनराइज बैंक रहेको छ । उक्त बैंकले पुसका लागि अधिकतम ५.५ प्रतिशत ब्याज दिने भएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता