पाल्पा । पाल्पा तानसेनको टुँडिखेलमा सञ्चालन भएको पालिकास्तरीय डाउनटाउन नकआउट क्रिकेट प्रतियोगिताको उपाधि तानसेन नगरपालिकाको क्रिकेट क्लबले हात पारेको छ । फाइनल खेलमा तानसेनले रैनादेवी छहरालाई ४९ रनले पछि पार्दै पालिकास्तरीय क्रिकेटको उपाधि जितेको हो । तानसेन क्रिकेट क्लबले २० ओभरको खेलमा आठ विकेट गुमाएर १३९ रन जोडेको थियो ।
तानसेनका लागि विशाल दर्नालले ४०, रूपेश बस्यालले ३५, श्रीधर बस्यालले १५ र तेजेन्द्र वीरजंग राणाले १२ रन बनाउनुभएको थियो । बलिङतर्फ रैनादेवी छहराका मदन नेपालीले चार, अमित तिवारीले दुई विकेट लिनुभएको थियो ।
१४० रनको लक्ष्यका साथ मैदानमा उत्रिएको रैनादेवी छहराले २० ओभरमा आठ विकेट गुमाएर ९० रनमात्र बनायो । रैनादेवीका लागि लक्ष्मण सार्कीले अविजित २९, मिलन केसीले १६, भक्त कार्कीले अविजित चार रन बनाउनुभयो । बलिङतर्फ तानसेनका श्रीधर बस्यालले तीन, सागर सिलवाल र शुभम भुसालले समान दुई-दुई विकेट लिनुभयो ।
विजयी तानसेनले ५० हजार र उपविजयी रैनादेवी छहराले २५ हजार नगद पुरस्कार, मेडल, प्रमाणपत्र र ट्रफी पुरस्कार पाए । प्रतियोगितामा उत्कृष्ट बलर रैनादेवी छहराका अमित तिवारी, उत्कृष्ट ब्याट्सम्यान तथा म्यान अफ दि सिरिज तानसेनका विशाल दर्नाल र बेष्ट क्याच तानसेनकै विपिन भट्टराई हुनुभयो । प्रतियोगितामा जिल्लाका नौ पालिकाको सहभागिता रहेको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा