हुम्ला । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल मानव अधिकार एलाइन्स हुम्लाको अध्यक्षमा बेलुमाया महतारा निर्वाचित हुनु भएको छ ।
शनिबार जिल्ला सदरमुकाम सिमकोटमा सम्पन्न भएको पाँचौ अधिवेशनले महतारालाई सर्वसहमतिमा अध्यक्षमा निर्वाचित गरेको हो ।
यसैगरी एलाइन्सको उपाध्यक्षमा ऐटन रावल, सचिव फुन्जोक लामा, कोषाध्यक्षमा उजिल कार्की, सदस्य मोतिलाल महतारा र जनक बुढा निर्वाचित हुनुभएकाे छ । सात सदस्यीय कार्य समिति विस्तार गरिएको मानव अधिकार एलाइन्स हुम्लाले जनाएको छ ।
समाजमा हुने मानव अधिकार विरुद्धका घटनाहरुलाई मानव अधिकार एलाइन्सले बाहिर ल्याउँदै मानव अधिकारको संरक्षण र सम्बर्धनमा योगदान गर्न कार्यक्रममा आग्रह गरिएको हो ।
यस अघि एलाइन्सको जिल्ला शाखाको अध्यक्षमा पदमराज हमाल हुनुहुन्थ्यो । शनिबार भएको कार्यक्रममा नेकपा एमाले हुम्लाका विभिन्न नेताहरुको उपस्थित रहेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts