बर्दिया । बर्दियामा स्कुटर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने अन्य २ जना घाइते भएका छन् ।
आइतवार दिउँसो गुलरिया नेपालगञ्ज सडक खण्ड अन्तर्गत बर्दिया अस्पताल नजिकै बा ६८ प ७०३६ नम्बरको स्कुटि रोकिराखेको टयाक्टरमा ठोक्किँदा सप्तरी जिल्ला घर भइ हाल बर्दिया गुलरियामा बस्दै आएका ३७ वर्षिय रामकुमार शाह, उनकी ६ वर्षिय छोरी विद्या शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
सो दुर्घटनामा परि शाहकी श्रीमती रुबी र छोरा प्रिन्स घाइते भएका छन् । उनीहरुको उपचार चलिरहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts