गण्डकी । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको अध्यक्षमा रमेश पौडेल निर्वाचित हुनुुभएको छ ।
शुक्रबार भएको निर्वाचनको निर्वाचन समितिद्वारा आज सार्वजनिक मत परिणामअनुसार पौडेलले चार सय एक मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी गोविन्दप्रसाद सुवेदीले एक सय ७८ मत प्राप्त गर्नुुभयो ।
प्रदेश समितिको उपाध्यक्ष (खुला)मा प्रकाश पौडेल, उपाध्यक्ष (महिला)मा मायाकुुमारी अधिकारी, महासचिवमा जमुुना वर्षा शर्मा, सचिव (खुला)मा भविश्वर पाण्डे, सचिव (समावेशी)मा रोशनी गुरुङ र कोषाध्यक्षमा रमेश बस्ताकोटी निर्वाचित हुनुभएको हो ।
गण्डकी प्रदेशअन्तर्गत महासङ्घको जिल्ला अध्यक्षहरूमा कास्कीका लागि माधव बराल, पर्वतमा लक्ष्मीप्रसाद सापकोटा, बागलुुङमा राम थापा, मनाङमा नविन लामिछाने, मुस्ताङमा सुनदेवी रसाइली, लम्जुुङमा सन्देश पौडेल, तनहुँमा डिपी अधिकारी, स्याङ्जामा प्रदिप कोइराला, म्याग्दीमा हरिकृष्ण गौतम, नवलपुरमा श्रीराम सिग्देल निर्वाचित हुनुभयो ।
सङ्घको प्रदेश महासचिवमा निर्वाचित शर्मासहित जिल्ला अध्यक्षहरू बागलुुङका थापा, मनाङका लामिछाने, पर्वतका सापकोटाका साथै प्रदेश एवं जिल्ला कार्यसमितिका पदाधिकारी राष्ट्रिय समाचार समिति (रासस) मा आबद्ध हुनुहुन्छ ।
रासस







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts