शरद ऋतुको खुला नीलो आकाश । मन्द-मन्द चल्दै गरेको शीतल हावा । मधुरो घामको आनन्ददायी न्यानोपन । नजिकिँदै गरेको तिहारको पर्खाईमा घर–घरमा ढकमक्क फुलेर बसेका सयपत्री र मखमली फूलका बोट । आँखाले भ्याएजति टाढासम्म देखिने तोरीको पहेलो फूलले छपक्क छोपिएका खेत र बारी । मनमोहक लाग्छ भित्रि–मधेसको यो सुन्दर वातावरण ।
काँधमा झोला झुन्ड्याएर बसबाट ओर्लिएका सन्दीप बजारतिर लाग्दा घडीमा दिउँसोको तीन बज्दै थियो । बाटोमा न्गुर्र..न्गुर्र..गर्दै एकआपसमा जुद्धै गरेका एक हूल भुस्याहा कुकुर देखापरे । बीच बाटोमा बसेर हड्डी टोक्दै गरेको एउटा मोटोघाटो पुत्ले–पांग्रे कुकुर बाटो हिँड्ने मानिसलाई देख्दा, आफूले टोक्दै गरेको गरेको हड्डी खोस्न आएको ठानेर हो कि ? आकासतिर थुतुनु फर्काएर घरि–घरि भुक्ने गर्दथ्यो । यी सबै दृश्यलाई आत्मशात गर्दै छेउ लागेर कुकुरको झुण्डभन्दा अगाडि गएका उनले बास बस्ने होटेल कता होला भन्दै चारैतिर आँखा डुलाए ।
बजारको बीचमा थियो एउटा चार तले पक्कि घर । त्यहाँ सञ्चालित होटेलको साइन–बोर्डमा ठूल्ठूला अक्षरमा लेखिएको थियो–‘यहाँ अट्याच बाथरूमको सुविधा उपलब्ध छ ।’ सन्दीप त्यो होटेलतर्फ लागे ।
होटेलको काउन्टरमा हाफ–पाइन्ट र टि–सर्ट लगाएको अन्दाजी पैंतीस वर्षको एउटा युबक मोबाइल चलाउँदै बसेको थियो । काँधको झोला काउन्टरछेउको टेबलमा राखेका सन्दीपले सोधे–‘भाइ, अट्याच बाथरूम भएको कोठा खाली छ ?’
युबकले सोध्यो– ‘बास बस्ने कति जना हुनुहुन्छ ?’
‘म एक्लै हुँ ।’
सशंंकित दृष्टिले सन्दीपको अनुहारमा हेर्दै गरेको युवकले भन्यो– ‘एक्लै हुनुहुँदो रहेछ । कोठा भाडा महँगो छ । तपाईंलाई तिर्न गाह्रो पर्छ होला !
कुनै बेला, हृयाण्डलमा तेस्र्याइएका फुटबल जस्ता भोंपू..भोंपू गर्दै बज्ने हर्न र ट्रिन..ट्रीन..गर्ने घण्टी बजाउँदै यताउति कुध्ने रिक्सा तराई र भित्रि-मधेसका शहर-बजारको शोभा हुनेगर्थे । अहिले आएर ती सबै विस्थापित भइसकेका छन् । सानुभन्दा सानु बजारमा पनि छ्यापछ्याप्ती भेटिन्छन् सिटी-क्याबको नामले चिनिने अटो-रिक्सा ।
‘ग्राहकले तिर्नै नसक्ने कस्तो भाडा होला ? भन्नुहोस् त, एक रातको कोठा भाडा कति हो ?
‘पन्द्र सय रुपैयाँ ।’
‘कोठा देखाउनुहोस् न त !’
क्षणभर घोरिएको युवकले, कुखुरी काँ..गर्न गर्दन फुलाउँदै गरेको भालेले जसरी आकाशतिर मुन्टो फर्काएर ठूलो स्वरमा ‘शकुन्तला तल आउ त !’ भन्दै कसैलाई बोलायो । शकुन्तला उसकी श्रीमती थिई सायद !
श्रीमान्को टाउकोमा गिरखेल्न पल्केका कुनचाही श्रीमतीले आफ्नो श्रीमानले लाए–अह्राएको काम र भनेको कुरा खुरुक्क मान्दछन् र उसले मानोस् ! ठालु पल्टिएकी शकुन्तलाले तलामाथिबाट ओठे जवाफ फर्काई, ‘मलाई फुर्सद छैन । तिमी नै माथि आउ ।’
लुरुक्क परेर माथिल्लो तलामा गएको युवक, होचो कद, पोटिलो जिउ–ज्यान र सुन्दर मुहार भएकी अन्दाजी तीस–बत्तीस वर्ष उमेरकी एउटी सुन्दरीलाई साथमा लिएर फर्कियो । शकुन्तला सायद उसकै नाम थियो ।
रिसेप्सनमा आएकी शकुन्तलाले नियालेर हेरी सन्दीपलाई । बगडेले अर्को दिन बिहान सबेरै गर्दन छिनाल्ने बोकाको नाप जाँच गरे जसरी आफ्ना तिखा आँखाले सन्दीपको हुलिया नाप जाँच गरेपश्चात् युवकलाई आफूसंँग आउने इशारा गर्दै तलामाथि चडी । युवतीको पछि–पछि लागेको युवक भर्याङ चढ्दै माथिल्लो तलातिर लाग्यो ।
कोठा भाडामा दिने कुरालाई लिएर आनाकानी गर्दै गरेका ती युवा जोडीको रहस्यमय व्यवहार देखेर चकित भएका सन्दीपले त्यसका कारण बुझ्न सकेनन् । मनैमनमा सोच्यो, ‘यिनीहरू कोठा भाडा बढाउँन चाहन्छन् शायद ! एक रात बास बस्ने त हो, जति माग्छन दिउँला !’
यस्तै सोचमा रुमलिँदै गरेका उसको मनमा एकाएक आफ्नो हुलिया हेर्ने उत्सुकता पल्हायेर आयो । काउन्टरको भित्तामा टाँसेको ठूलो ऐना अगाडि पुगेर उभियो । उमेर करिब असी वर्ष । स्वस्थ शरीर । आँखामा बाइ–फोकल चश्मा । बिहानमात्र दाह्री काटेका पोटिला गुलाबी गाला ।
मालचुलीको चुचुरामा देखिने हिउँ समान सेताम्य कपाल । ‘ब्ल्याक एण्ड व्हाइट’ आँखीभौं । ओठमाथि गमक्क परेर बसेका सेतै फुलेका हिटलर–कट जुँघा । ढंगको पाइन्ट, सर्ट र जुत्ता । नाडीमा बाँधेको घडी । हातमा महँगो सेलफोन । बुढ्यौलीलाई ‘माइनस’ गर्ने हो भने छि : भन्ने खालको न त शारीरिक स्वास्थ थियो न त पहिरन नै । ऐनामा आफ्नो प्रतिविम्ब हेर्दै आत्मरतिमा रमाएको ऊ केहीबेर यथास्थितिमा उभिइरहयो ।
त्यस्तैमा, शकुन्तलासँग खासखुस गरेर माथिल्लो तलाबाट काउन्टरमा आएको युबकले भन्यो–‘आज लक्ष्मी पूजाको दिन । काम गर्ने केटाकेटी सबै तिहार मनाउन घर गएका छन् । बास बस्नको लागि ऊ त्यो होटेलमा जानुहोस् । त्यहाँ पनि अट्याच–बाथरूम भएका कोठा छन्’ भन्दै अर्को होटेलतिर चोरी औंला तेस्र्यायो । उसको व्यवहारले चकित भएका सन्दीप काँधमा झोला झुन्ड्याएर लुखुर–लुखुर अर्को होटेलतर्फ लागे ।
सडकछेउमा टिनको पाली गाँसेर बनाएको लामो ग्वालीको एक खण्डमा थियो भान्साघर । अर्को खण्डमा थिए काठका तीनवटा बेन्च र प्लास्टिकको कुर्सी राखेका चारवटा टेबल । हिृवस्की, बियर र कोल्ड–ड्रिंकका बोतलले सजाएर राखिएको सिसाको भित्ते दराज । त्योसँगै थियो एउटा ठूलो डिप–फ्रिजर । रेस्टुरेन्टको पछाडिपट्टि बनेको दुई तले पक्की घरमा सञ्चालित थियो लज ।
सन्दीप होटेलमा प्रवेश गर्दा काउन्टरमा बसेकी सभ्रान्तजस्ती देखिने एउटी अधबैंसे महिला ‘वनिता’उपन्यास पढ्नमा तल्लिन थिइन् ।
उनको नजिक पुगेका सन्दीपले सोधे–‘बहिनी, अट्याच बाथरूम भएको कोठा खालि छ ?’
कानमा अनायास ठोक्किन पुगेको आवाजले तन्द्रा भंग भए जसरी उपन्यासको दुनियाँबाट बर्तमानमा फर्किएकी ती महिलाले पढ्दै गरेको उपन्यास टेबलमा राखिन् । क्षणभर ट्वाल्ल परेर आगन्तुकको अनुहार नियालेकी उनले शिष्ट र शालीन भाषामा ‘नमस्कार दाजु !’ भन्दै सोधिन्– ‘कोठामा एक्लै बस्ने हो ?’
उनको बोल्ने ढंग बडो प्रभावशाली थियो ।
‘हो बहिनी, एक्लै बस्छु ।’
लामो सुस्केरा तान्दै मधुरो स्वरमा आफूसँग आफैँ कुरा गरे जसरी भनिन्– ‘खै, के भनौ–भनौ ! छैन भनौँ भने छ । छ भनौँ भने दिन मन पटक्कै छैन ।
‘किन, कोठा भाडा तिर्न सक्दैन जस्तो लाग्यो कि कसो ? भन्नुहोस् भाडा कति हो ? म अग्रिम भुक्तानी गर्नेछु । कि अरू कसैले कोठा बुक गरेको छ ?’
‘त्यस्तो पनि होइन !’ भन्दै नजिकैको कुर्सीमा बसेर मोमो खाँदै गरेकी उन्नाईस–बीस वर्षकी एउटी युवतीलाई अह्राइन–
कान्छी, जा त, दाजुलाई एक नम्बर कोठा देखाइँदे ।’
झोला उठाएर कान्छीको पछि–पछि लागे सन्दीप । दोस्रो तलाको अट्याच–बाथरूम भएको कोठा खोलेपश्चात ट्युब–लाइट बालेकी कान्छीले सोधी– ‘बस्ने हो ?’
हिमालचुलीको चुचुरामा देखिने हिउँ समान सेताम्य कपाल । ‘ब्ल्याक एण्ड हृवाइट’ आँखीभौं । ओठमाथि गमक्क परेर बसेका सेतै फुलेका हिटलर-कट जुँघा । ढंगको पाइन्ट, सर्ट र जुत्ता । नाडीमा बाँधेको घडी । हातमा महँगो सेलफोन । बुढ्यौलीलाई ‘माइनस’ गर्ने हो भने छि : भन्ने खालको न त शारीरिक स्वास्थ थियो न त पहिरन नै । ऐनामा आफ्नो प्रतिबिम्ब हेर्दै आत्मरतिमा रमाएको ऊ केहीबेर यथास्थितिमा उभिइरहयो ।
सन्दीपले ‘बस्ने’ भनेपश्चात् कोठाको ताल्चा-साँचो जिम्मा लगाएकी कान्छी फर्किएर गई । उनी नुहाउँन बाथरूममा पसे । केहीबेर आराम गरेर रेष्टुरेण्टमा पुगेका सन्दीपले भुटेको अण्डा, चिउरा र चिया खाए । खाजा खाएर कोठामा फर्किनुपूर्व साहुनीलाई सोधे– ‘कोठाको भाडा कति हो बहिनी ? एड्भान्स कति दिऊँ ?’
सन्दीपको कुरा सुनेर पनि नसुनेजस्तो गरेकी उनले कुनै जवाफ फर्काइनन् । सन्दीपलाई यो होटेल साहुनीको व्यवहार पनि अघिल्लो होटलका युवा जोडीको जस्तो रहस्यमय लाग्यो । कुरा बुझ्न नसकेका उनी आराम गर्न कोठातिर लागे ।
बेलुकीको खाना खान रेष्टुरेण्टमा पस्दा होटेलवाली साहुनी खाना खाने सुरसार गर्दै थिइन् । सन्दीपलाई देखेकी उनले भनिन् ‘दाजु, खाना खान आउनुहोस् सँगसंँगै बसेर खाउँ ।’
कान्छीले टेबल सफा गरी । खाना पस्किँदै गरेकी अर्की युवतीको परिचय दिँदै साहुनीले भनिन्, ‘ईनी मेरी बुहारी हुन् । होटेल र घर व्यवहारको सबै जिम्मेवारी उनकै काँधमा छ । औधी नै प्रेम गर्छिन् मलाई । आफ्नी आमालाईभन्दा बढी ।’
खाना खाँदै गरेकी साहुनी घरीघरी पाहुनाको अनुहारमा हेर्दै थिइन् । त्यो बेला उनको आँखामा देखिने सन्त्रासको भावलाई शब्द दिन सम्भव नभएका सन्दीपलाई भने एक किसिमको असहजताको अनुभूति भइरहेको थियो ।
सन्दीपले भान्सामा उभिएकी बुहारी र कान्छी भएतिर दृष्टि घुमाए । उनीहरू दुवै एकटक लगाएर उनैलाई नियालिरहेका थिए । उनीहरूको रहस्यमय दृष्टि बुझिनसक्नु थियो । दुवै युवतीको भाव–भङ्गीमा देख्दा यस्तो लाग्थ्यो मानौं बलीको बोकालाई अन्तिम पटक खाना खुवाउँदै छन् । त्यहाँको रहस्यमय वातावरणले उकुसमुकुस भएका सन्दीपलाई कुनै हरर मुभिको स्क्रिन–प्लेको पृष्ठभूमि पढ्दै गरेको अनुभूति भयो ।
खाना खाएपश्चात् बुहारीले भनिन्, ‘अघिदेखि डाटा चलाइरहनु भएको छ, रुपैयाँ सकिइसक्यो होला । खै, मोबाइल दिनुहोस् म नेट जोडिदिन्छु ।’ उनले सन्दीपको मोबाइल फोनमा इन्टरनेट जोडिदिइन् । ‘धन्यवाद नानी’ भन्दै उठ्न लागेका सन्दीपलाई साहुनीले भनिन्, ‘एक क्षण बस्नुहोस् न दाजु, मैले त तपार्इंको परिचयसम्म पनि सोधेकी छैन ।’
उनको नजिकै गएर बसे सन्दीप ।
साहुनीले भनिन्, ‘तपाईंको अनुहार, बोलीचाली र व्यवहार देख्दा घर गृहस्थी सुन्दर र सुखी होला जस्तो लाग्छ । तर पनि, मेरो मनमा एउटा खुल्दुली मच्चिएको छ ! वर्ष दिनमा एक पटक आउने दशैँ र तिहारजस्ता चाड पर्बको बेला परदेश गएकाहरू पनि आ–आफ्ना घर फर्किएर आउँछन् । कठैबरा दाजु ! तपाईं भने तिहारको लक्ष्मीपूजाको दिन घर छोडेर मेरो होटेलमा बास बस्न आइपुग्नु भयो । किन ? के घरझगडा भएर भुरुक्क उठेर हिँड्नु भएको हो ?’
उनको मनगढंते कुरा सुनेर चकित भएका सन्दीप साहुनीको अनुहारमा हेरेको हे¥यै भए । केहीबेर सोचमग्न भएकी साहुनीले अगाडि भनिन्, ‘समस्या आयो भन्दैमा आत्तिएर भाग्नु हुँदैन दाजु ! कुनै पनि समस्याको समाधान त्यहीँ हुन्छ जहाँबाट सृजित भएको हुन्छ । विधाताले जसलाई स्वास्थ दियो, धन सम्पत्ति दियो, घर गृहस्थी दियो, ऊ नै यदि दुःखी रहन थाल्यो भने भन्नुहोस् त संसारमा सुखको परिभाषा के हो ? परिवारमा बेला–बखतमा ठाकठुक् त जसको पनि हुन्छ । राम्रोसँग आगो बलेन भने बेला–बेलामा अगुल्टालाई ठोसठास् पारेजस्तो त हो घर–व्यवहारमा हुने खट्पट् पनि ।
आफ्ना कुरा टुंग्याएपश्चात् साइलेन्ट मोडमा गएको मोबाइल जसरी गम्भीर मुद्रा धारण गरेकी उनको दृष्टि सन्दीपको अनुहारमा पुगेर अड्कियो ।
साहुनीका गम्भीर प्रकृतिका अनपेक्षित अभिव्यक्ति सुनेर अचम्मित भएका सन्दीपले स्पष्टीकरण दिंदै भने, ‘मेरो मध्य चाडवाडको यो यात्राले तपाईंलाई त्यस्तो लागेछ बैनी ! तर तपाईंले सोचेजस्तो र भने अनुसारको कुनै पनि घटना मसँग घटित भएको छैन । तर, जो होस् तपाईंको यो सोचले चाडवाडमा घर छोड्दा यसरी अथ्र्याइन पनि सकिने रहेछ भन्ने महसुस गरायो मलाई । यथार्थमा मेरो सम्बन्धमा तपाईंको तर्क बिल्कुल निराधार हो बहिनी । म घर झगडाको कारण विरक्त भएर हिँडेको मानिस होइन । यौवनावस्थाको एउटा रमाइलो कालखण्ड मैले कोशी किनारमा बिताएको छु । जब–जब मलाई पूर्वी तराईतिर आउने अनुकुलता मिल्दछ म आफूलाई कोशी नदी हेर्ने मोहबाट वन्चित गर्न सक्दिन । यस पटक बहिनीको हातबाट तिहारको भाइटीका लगाउन काठमाडौंबाट विराटनगर आएको थिए । भाइटीका लगाउन अझै दुई दिनको समय बाँकी छ । समयको सदुपयोग पनि हुने, कोशी नदी हेर्ने आफ्नो मनको धोको पनि पूरा हुने भएकाले यहाँसम्म आएको हुँ । ढुक्क हुनुहोस् अन्य कुनै पनि परिस्थिति वा कारणले मलाई यहाँसम्म डोर्याएर ल्याएको होइन ।’
सन्दीपको स्पष्टीकरणबाट सन्तुष्ट हुन नसकेकी साहुनीले उनको अनुहारमा हेरिरहिन् । तर, केही बोलिनन् ।
कुर्सीबाट उठ्न लागेका सन्दीपले प्रसंग बदल्दै भने, ‘एडभान्स कति दिउँ बहिनी ?’
क्षणभर चुप लागेकी उनले खुइय..गर्दै भनिन्, ‘खै के भनौँ ? एक हजार रुपैयाँ दिइराख्नुहोस् । सबै हिसाब लेखेर राखौंला ।’
‘लिनुहोस्’ भन्दै पन्द्र सय रुपैयाँ दिएर कोठातर्फ लागे सन्दीप । अर्को दिन बिहान मिर्मिरे उज्यालो पनि नहुँदै नित्य कर्मबाट निवृत्त भएर भूइँ तलामा झर्दा साहुनी चिया पकाउँदै थिइन । सन्दीपले भने, ‘मलाई पनि एक कप दूध–चिया दिनुहोस् है बहिनी ?’
सन्दीपको बोली सुनेर खुशी भएकी उनले ‘उठ्नु भयो दाजु !’ भन्दै अदुवा हालेर बनाएको दूध–चिया ल्याएर टेबलमा राखिदिइन् ।
चिया पिउँदै गरेका सन्दीपले भने, ‘म नहरको हेड–वर्कसम्म पुगेर आउँछ है बहिनी ।’
सन्दीपको कुरा सुन्दा उनको अनुहारमा पुनः एक पटक सन्त्रासको भाव व्याप्त भयो । अनुहार अँध्यारो भएर आयो । आत्तिए जसरी भनिन्, ‘के छ र त्यहाँ ? न जानुहोस् दाजु कोशी किनारमा ! घर फर्किनुहोस्, के हेर्नु त्यो कुलक्ष्यणी नदीलाई । हिउँद याममा सौम्य र शान्त भएर बग्ने त्यो उत्ताउली नदीले वर्षा याममा कस्तो वितण्डा मच्चाउँछे । मलाई त कोशी नदीलाई सम्झिँदामात्र पनि यो ठाउँ छोडेर अहिल्यै कतै हिँडीहालौं जस्तो हुन्छ दाजु । तर, सोचेरमात्र के गर्नु ? आफ्नो जीवनभरीको कमाई यही होटेलमा लगानी गरेकी छु । जानु पो कता ?’ आन्तरिक पीडाले छटपटिँदै गरेकी उनका आँखा अनायास सजल भएर आए ।
उनको त्यो रहस्यपूर्ण, आत्मिय अभिव्यक्तिलाई सही ढंगले बुझ्न नसकेर पुनः एकपटक चकित भएका सन्दीप ‘एक–डेड घण्टामा आइपुग्छु बहिनी । बरू खाना अलि चाडो बनाउनु होला । खाना खाएरमात्र म विराटनगर फर्किनेछु’ भन्दै बाहिर निस्किए ।
कुनै बेला, हृयाण्डलमा तेस्र्याइएका फुटबल जस्ता भोंपू..भोंपू गर्दै बज्ने हर्न र ट्रिन..ट्रीन..गर्ने घण्टी बजाउँदै यताउति कुध्ने रिक्सा तराई र भित्रि–मधेसका शहर–बजारको शोभा हुनेगर्थे । अहिले आएर ती सबै विस्थापित भइसकेका छन् । सानुभन्दा सानु बजारमा पनि छ्यापछ्याप्ती भेटिन्छन् सिटी–क्यावको नामले चिनिने अटो–रिक्सा ।
बिहानीको मिरमिरे उज्यालोमा होटेलको ठीक अगाडिपट्टि ग्राहक पर्खिएर बसेको थियो एउटा अटो–रिक्सा । खाइलाग्दो जिउ–डाल भएको त्यो अटो–रिक्शावालालाई सन्दीपले सोधे, ‘भाइ नहरको हेड–वर्कसम्म पुगेर आउँन कति भाडा लिने ?’
रिक्सावालाले ग्राहकको अनुहारमा नियालेर हेर्दै भन्यो, ‘निक्कै टाढा छ, महँगो पर्छ !’
सन्दीपले मन–मनमा गुने, ‘जहाँ गए पनि कष्टमरले तिर्न सक्दैन भन्ने सोच राख्ने यो कस्तो बजार होला !’
उनले झकिँंदै भने, ‘सस्तो भनेको कति ? महँगो भनेको कति ? मलाई थाहा छैन भाइ । यतिमात्र भन तिमीले लिने भाडा कति हो ?’
सन्दीपको अनुहारमा आएको उतार चडावको भावलाई हेर्दै गरेको अटो–रिक्सावालाले भन्यो, ‘टाढा छ । आउँन र जान पाँच सय रुपैयाँ लाग्छ ।’
सन्दीपले मनैमनमा सोचे, गाउँ–कुनाका मानिस अझै पनि कति सोझा र इमानदार छन् । शहर–बजारका रिक्सावालाले बीस रुपैयाँको बाटोलाई एक सय रुपैयाँ लिएर ठग्ने गर्छन् । यहाँका ई विचराहरू भने ग्राहकले धेरै भयो भन्ला भन्ने डरले भाडा भन्न पनि अन्कनाउँछन् ।
‘म तिमीलाई थप एक सय रुपैयाँ दिन्छु, हिँड जाउँ’ भन्दै अटोमा चढे सन्दीप । थप एक सय रुपैयाँ पाउँदा दंग परेको अटोवालाले गाडी अगाडि बढायो ।
नहरको हेड–वर्कमा पुग्दा छ्यांग उज्यालो भइसकेको थियो । त्यो बिहानी नदी किनारमा हुस्सु लागेको थिएन । नदी वारिपारिका डाँडामा छरिँदै गरेको कलिलो झुल्के घाम बिस्तारै कोशी किनारतर्फ झर्दै थियो । बाटोछेउकी एउटी होटेलवालीलाई ‘चिया बनाउँदै गर्नुहोस् है बहिनी, म तुरुन्तै आउँछु’ भन्दै नदी किनारतर्फ ओह्रालो लागेका सन्दीप नदीछेउको अग्लो पर्खालमा उभिएर फोटो खिच्नमा तल्लिन भए ।
त्यस्तैमा अनायास माथिबाट कुद्दै आएको अटो–रिक्सावालाले सन्दीपलाई च्याप्प समात्यो । उसको व्यवहारबाट हतप्रभ भएका सन्दीपको मुखबाट बोली फुट्न सकिरहेको थिएन । त्यो अप्रत्याशित घटनाको कारण उनको मनमा सिरिंग एउटा लहर उठ्यो । शरीर जिरिंग भएर काँडा उम्रिएजस्तो भयो । आतंकित भई रिक्सावालालाई पर धकेल्ने प्रयासमा लागेका सन्दीपको मन सन्त्रासले भरिँदै गयो । मृत्युको त्रासले त्रषित भएको उनको मनमा, यो मानिसले मसँग भएको रुपैयाँ र मोबाइल फोन लुटेर मलाई कोशीमा फाल्न आँटेको हुनुपर्छ भन्ने भयानक सोच पल्हायेर आयो ।
सन्दीपलाई समातेर सडकतिर तान्दै गरेको रिक्सावालाले भन्यो, ‘नदीमा हामफालेर आत्महत्या गर्नु माहापाप हो बुबा ! तपाईंले त आफ्नो कष्टपूर्ण जीवनबाट सधैंका लागि उन्मुक्ति पाउनु होला । तर, तपाईंको मृत्युपश्चात् मलगायत तपाईंको घरपरिवारले समेत नराम्रो सास्ती खेप्नु पर्नेहुन्छ । हिँड्नुहोस् म तपाईंलाई बास बसेको होटेलमा पुर्याइदिन्छु ।
पुनर्जन्म पाएजसरी चकित भएका सन्दीप केही बोल्न सकेनन् । पसलमा अर्डर गरेको चिया पिएर अटो–रिक्सामा बसे । चालकले गाडी स्टार्ट गर्यो । केहीअगाडि गएपछि सन्दीपले भने, ‘एउटा कुरा सोध्छु नढाँटी भन ल भाइ ! आत्महत्या जस्तो भयानक कुकृत्यको प्रयास गर्ने खालको मानिस होइन म । त्यस्तो कायरतापूर्ण कुराको त कल्पनासम्म पनि गर्न सक्दिन मैले । म त फोटो खिच्नका लागि मात्र कोशी किनारमा गएको थिए । तर, मैले आत्महत्या गर्न लागेको हुँ भन्ने कुराको भ्रम एकाएक कसरी तिम्रो मनमा पर्न गयो ?’
सन्दीपको कुरा सुनेर लज्जित भएको रिक्सावालाले भन्यो, ‘मबाट भूल भएछ बुबा ! तर, के गर्नु, अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा पनि तर्सिन्छ भन्ने उखान त सुन्नु भएको छ नि ? मलाई त्यस्तै भयो । तपाईं यो ठाउँमा आत्महत्या गर्न आउनु भएको हो भन्ने आशंका पैदा हुनुमा मेरो दोष छैन । यसको पछाडि एउटामात्र नभएर धेरैवटा कारण छन् । सुन्नुहोस् है त !’ भन्दै प्रसंग अगाडि बढायो ।
तपाईं बास बस्नु भएको होटेल मेरी दिदीको हो । हिजो बेलुका मेरी दिदी र तपाईंबीच भएका सबै बार्तालाप रेष्टुरेण्टमा बसेर बियर पिउँदै गरेको बेला मैले सुनेको थिएँ । दिदीको मलिन अनुहार र उनले तपाईंलाई सम्झाइबुझाई गरेको देख्दा र सुन्दा तपाइँ आत्महत्या गर्न आउनु भएको हो भन्ने कुराको लख काटेको थिएँ मैले त्यो बेला ।
खाना खाएर तपाईं सुत्न गएपश्चात् दिदीले मलाई भनिन्, ‘हेर् त भाई, कति भलाद्मी र अशल छन् यी दाजु । भोलि बिहान सबेरै पक्का पनि यिनी हाम्फाल्न कोशी नदीमा जानेछन् । तैले बिहान सबेरै यिनलाई लिएर उनले भनेको ठाउँसम्म पु¥याउनु । तर, साथ नछोड्नु नि ! यिनलाई फकाई–फुल्याई, जे जसरी भए पनि फिर्ता लिएर आउनु । आवेशमा आएर आत्महत्याको प्रयास गर्ने मानिसलाई ठीक समयमा रोक्न सक्यो भने दोहोर्याएर त्यस्तो प्रयास नगर्न पनि सक्छ !
मेरी दिदी धेरै पढेलेखेकी शिक्षित महिला हुन् बुबा ! घरपरिवारको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने उनै हुन् । आजभन्दा ठीक दुई वर्षअगाडि आजकै दिन जुवाको खालमा ठूलो धनराशी गुमाएका भिनाजुले एकाएक कोशीको पूलबाट हामफालेर आफ्नो ईहलीला समाप्त गरे । त्यो घटनाको तीन महिनापछि अहिले तपाईं बस्नु भएको अट्याच–बाथरूम भएको कोठामा बासबसेका एकजना वृद्ध कोशीमा हामफालेर बेपत्ता भए ।
त्यो दिनदेखि होटेलमा बास बस्न आउने खास गरी वृद्ध–वृद्धाले कोशी किनारमा जाने कुरामात्र गर्यो भने पनि असैहृय हुन्छ मेरी दिदीलाई । बास बस्न आएको कुनै पनि वृद्धलाई देख्दा यो मानिस कोशीमा हाम्फाल्न आएको हो भन्ने भ्रमले उनलाई यसरी छोप्छ कि दिदी विक्षिप्त जस्तै हुनपुग्छिन् ।
आजभन्दा छ महिना अगाडिको कुरा हो । बिहानीको यस्तै समय थियो । त्यो दिन दिदीको होटेलमा बसेको तपाईंजस्तै एकजना भद्र पुरुषलाई लिएर कोशीको पुलमा गएको थिए । पुलमा मानिसको आवागमन फाट्टफुट्टमात्र थियो । पुलछेउको पसलमा चियाको अर्डर गरेका उनी पुलको बीचमा पुगेर क्षणभर उभिए । म चिया पिउनमा तल्लीन थिएँ । त्यस्तै बेला पुलबाट कोशी नदीमा हाम्फालेका उनी सधैंका लागि बेपत्ता भए ।
मानिसले त्यति सहज ढंगले मृत्यु वरण गर्न सक्छ भन्ने कुरा त्यसअगाडि मैले कल्पनासम्म गरेको थिइन । मृत्यु वरण गर्नेले त जीवनरूपी भवसागरबाट सदाको लागि उन्मुक्ति पायो । तर, घटनाको प्रत्यक्ष्यदर्शी भएको नाताले के-के भोग्नुपर्ने हो भन्ने त्रासले मलाई भित्रभित्रै पोल्न थाल्यो । दोस्रो दिन, घटनाको छानबिनका लागि भन्दै पुलिसले मलाई बन्दी बनाएर भेडा–बाख्रालाई थुने जसरी अँध्यारो खोरमा लगेर थुन्यो । तर, मृतकका छोराहरू पवित्र सोच भएका इमानदार र भद्र–भलाद्मी रहेछन् । सात दिनपछि आइपुगेका उनीहरूले मेरो गल्ती नभएको कुराको बयान दिएपश्चात् म हिरासतबाट मुक्त भएँ । नत्र मेरा छोराछोरी भोकभोकै मर्ने थिए होलान् बुबा भन्दै झर्न लागेका आँसु हत्केलाले पुछ्यो ।
अटो–चालकले दन्त्यकथा सुनाए जसरी सुनाएका घटना ध्यानपूर्वक सुनेका सन्दीपले आश्चार्यचकित हुँदै अघिल्लो दिन शकुन्तलाले बास बस्न नदिएको कुरालाई सम्झिए । सोधौं कि नसोधौं भएका उनले अन्ततः सोध्ने निधो गरे ।
‘दिदीको होटेल नजिकैको ठूलो होटेलमा के कस्ता दुर्घटना घटेका थिए भाइ ?’ उसले हाँस्दै भन्यो, ‘बाफ् रे बाफ् !’ त्यो होटेलको कुरा गरी साध्य छैन बुबा ! सोह्र वर्षको उमेरदेखि होटेल चलाएर बसेकी शकुन्तला भन्ने त्यहाँकी साहुनी कस्ती चालु छ भन्ने कुरा तपाईंलाई के थाहा हुनु ! सुन्नुहोस् बुबा, सानै उमेरदेखिकी चौपट्ट बाठी शकुन्तलाले सोह्र वर्षको उमेरमा साठी वर्षे त्यो होटेलको मालिकसँग विवाह गरेकी थिई । विवाह भएको छ महिना पनि नबित्दै आफ्नो नाममा होटेल नामसारी गराई । नामसारी गरेको केही दिनमै बुढो कोशीमा हामफालेर विपत्ता भयो । त्यो बेलादेखि होटेल चलाएर बसेको पनि पन्द्र–सोह्र वर्ष भइसक्यो ।
त्यो होटेलमा पाँचवटा अट्याच–बाथरूम भएका कोठाहरू छन् । यो बजारमा अट्याच–बाथरूम भएको महँगो कोठा लिएर बास बस्न आउने मानिसको संख्या नगन्यमात्र हुन्छ । पाँच सय रुपैयाँ पर्ने अट्याच–बाथरूम भएको कोठालाई मानिसको पहिरन र ठाँटबाँट हेरेर पच्चीस सयसम्म असुल गर्छे त्यसले । एक बोतल रक्सि पिएर सुतेको रहेछ भने पलंगमुनि थप दुई–तीनवटा खालि बोतल राखेर तिमीले नै पिएको हो भन्दै पाखुरा सुर्किँदै रुपैयाँ असुल गरेरै छोड्दछे ।
शरद ऋतुको खुला नीलो आकाश । मन्द-मन्द चल्दै गरेको शीतल हावा । मधुरो घामको आनन्ददायी न्यानोपन । नजिकिँदै गरेको तिहारको पर्खाइमा घर-घरमा ढकमक्क फुलेर बसेका सयपत्री र मखमली फूलका बोट । आँखाले भ्याएजति टाढासम्म देखिने तोरीको पहेँलो फूलले छपक्क छोपिएका खेत र बारी । मनमोहक लाग्छ भित्री-मधेसको यो सुन्दर वातावरण ।
खल्तीमा सीमित नगद बोकेर अट्याच–बाथरूम भएको त्यो होटेलको कोठामा बास बस्न आउने कसै कसैले त अर्को बिहानी धोती न टोपी भएर हिँड्नुपर्ने अवस्थामा पुगेको देख्ने धेरैजना छन् यो बजारमा । अरू पनि के केजाति गर्छे भन्छन् । तर, ती सब कुरा नसुनाउँ होला ! भन्दै क्षणभरका लागि जिब्रोमा ब्रेक लगाएको उसले कुनै रसिलो कुरा सम्झिए जसरी पुनः जिब्रो फटकार्दै भन्यो, त्यो होटेलको काउन्टरमा बस्ने खस्रे भ्यागुताको जस्तो बोली भएको तन्नेरीलाई त देख्नुभयो नि ! तपाईंले त्यसलाई शकुन्तलाको श्रीमान् भनेर ठान्नु भएको होला । त्यो शकुन्तलाको रखौटोमात्र हो । यसअगाडि पनि त्यसले दुई–तीनवटा रखौटा पालेकी थिई । तर, कुनै पनि रखौटोलाई चार–वर्षभन्दा बढी टिक्न दिन्न उसले । यसअगाडिका सबै रखौटालाई शकुन्तलाले नांगेझार पारेर यसरी लखेटी कि दोहोर्याएर यो बजारमा कहिल्यै देखापरेनन् तिनीहरू भन्दै खित्का छोडेर हाँस्यो ।
त्यति कुरा सुनाएर पनि उसको जिब्रोको चिलचिलाहट शान्त भइसकेको थिएन शायद ! आफ्नो भनाइ चालु राखेको उसले नैतिक निचोड निकाल्दै भन्यो, गलत ढंगले कमाएको सम्पत्तिले कहाँ फलिफाप हुन्छ र बुबा ! बितेका तीन वर्षमा त्यो होटेलमा यस्ता–यस्ता घटना घटे कि पुलिस, प्रसासन र भुइँफुट्टा नेताहरूले, उसले कमाएको दश–बाह्र लाख रुपैयाँ भुस्कुट पारिदिए । त्यसपछि मात्र हो उसको चेत खुलेको ।
सन्दीपले सोधे, ‘त्यस्तो कुन घटना घटेको थियो भाइ ?’
उसले उत्साहपूर्वक भन्यो, ‘त्यहाँ बस्न आउनेमध्ये दुईजना वृद्धको लास कोठामा पासो लगाएर झुण्डिएको अवस्थामा फेलापर्यो । झोला-झ्याम्टा कोठामै छोडेर कोशी किनारतिर लागेका अरू तीनजनाले नदीमा हामफालेर आत्महत्या गरे ।’ भन्दै जिब्रोमा पूर्ण बिराम लगाउँदासम्म रिक्सा सन्दीप बसेको होटेलमा पुगिसकेको थियो ।
अटो–रिक्साबाट ओर्लिँदै गरेका सन्दीपलाई देख्दा ‘आउनुभयो दाजु !’ भन्दै उनको हात समात्न पुगिन् होटेलवाली साहुनी । उनको खुशीको सिमाना थिएन । उनी हाँसौ कि नाचौं जस्तो गर्दै सन्दीपलाई लिएर रेष्टुरेण्टमा आइन ।
आज मैले खसीको कवाब बनाएकी छु दाजु । बहिनीको घर सम्झिएर भरपेट खानुहोस् ल ! भन्दै कचौराभरी खसीको कवाब, एक कप दही र प्लेटमा चिउरा ल्याएर अगाडि राखिदिइन् ।
सन्दीपले कवाब र चिउरा खाइसक्दासम्म विराटनगर जाने बसले घार्र..घुर्र गर्न सुरु गर्यो ।
साहुनीले ‘जा त, दाजुका लागि बसको अगाडिको एउटा सिट रोकेर आइज’ भन्दै कान्छीलाई अह्राइन् ।
कोठाबाट झोला लिएर आएका सन्दीपले ‘हिसाब गर्नुहोस् त बहिनी, मैले अरू कति रुपैयाँ थप्नुपर्छ ?’ भन्दा साहुनीले अघिल्लो दिन लिएको पन्द्र सय रुपैयाँ खल्तीबाट निकालेर फिर्ता दिइन ।
सन्दीपले रुपैयाँ फिर्ता लिन नमानेपछि रुंलाजस्तो अनुहार पारेकी साहुनीले भनिन्, ‘तिहारको दिन चेलीको घरमा बास बस्न आएका माइतीसँग म कसरी लिउँ रुपैयाँ ?’
होटेल व्यवसाय गरेर बसेकी एउटी व्यापारीले बास बसेको र खाना खाएको रुपैयाँ फिर्ता गर्ने कुरा अस्वाभाविक थियो । तर, मानिसको चेतनाले कुन बेला भावनाको कुन तललाई छोएको हुन्छ भन्ने कुरा ऊ आफूबाहेक अरू कसलाई थाहा हुनु !
सन्दीपले रुपैयाँ फिर्ता नलिन निकै जोड–बल गरे । तर, एउटा मानिसलाई आफ्नो भाइको सहयोगमा मृत्युको पञ्जाबाट निकालेर फिर्ता ल्याउन सफल भएको भ्रम पालेकी उनी रुपैयाँ फिर्ता गर्ने कुराबाट टसमस् भइनन् । सन्दीपको कुनै पनि जोड–बलले काम गरेन । स्त्री–हठको अगाडि कसको के चल्छ र ! आफ्नो निर्णयबाट टसमस् नभएकी उनले त्यो पन्द्र सय रुपैयाँ सन्दीपको खल्तीमा जबर्जस्ती राखिदिइन । सन्दीप केही बोलेनन् ।
सन्दीपलाई बस चढाउन गएकी उनी बस नहिँड्दासम्म त्यहीं उभिइरहिन् । बस स्टार्ट भएपश्चात् सजल आँखाले मिनरल वाटरको एउटा बोतल सन्दीपको हातमा दिंँदै आफ्ना दुवै हात जोडेर अभिवादन गरिन् । ती स्त्रीको व्यवहार देखेर भावविहृवल भएका सन्दीपले आफ्ना दुवै हात आकाशतिर उठाएर यतिमात्र भने, ‘धन्य हो प्रकृतिको सृष्टि ! धन्य हौ नारी तिमी !’

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा