हुम्ला । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका–७ रोडिकोड ठुलो गाउँका जान बहादुर छत्यालको सहीत अर्का एक जना गरी दुई घर आगलागीमा जलेर पूर्णरुपमा नष्ट भएका छन् । भने दुई घरमा आंशिक क्षति भएको जानकारी प्राप्त भएको छ । टीनको छानो भएको तीन तले बाह्र कोठे जान बहादुर छत्यालको घर पूर्णरुपमा जलेर नष्ट हुँदा लाखौंको क्षतिभएको पिडीत छत्यालले गुनासो पोख्नुभयो ।
आगलागीबाट धान सात क्विन्टल, कोदो छ क्विटल, मकै दुई क्विन्टल, गहुँ चार क्विन्टल, उवा पाँच क्विटल जौ दुई क्विन्टल, फापर सात क्विन्टल, सिमी चार क्विन्टल, चिसो दुई क्विन्टल, भटमास एक क्विन्टल पचास केजी, केराउ पचास केजी जलेर नष्ट भएको प्रहरीले मुचल्का गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सरोज कडेँलले बताउनुभयो ।
यस्तै भाडावर्तन, लत्ताकपडा, फर्निचर, सुनका गरहना सोह्र तोला, चाँदीका गरगहना सात सय बिस तोला, सामसुम कम्पनीको २४ इन्चको रंगिन टिभी एक थान, डेल कम्पनीको ल्याप्टप दुई थान, सोही कम्पनीको कम्प्युटर एक थान, आइफोन एप्पल मोबाइल एक थान, भिभो कम्पनीको मोबाइल एक थान, लाभा कम्पनीको मोबाइल एक थान लगायतको क्षति भएको प्रहरी मुचुल्का उठाएको निरीक्षक कडेँलले बताउनुभयो ।
त्यसैगरी नगद रु पाँच लाख, कमला सिंह र जान बहादुर छत्यालको डकुमेन्ट, प्रमाण पत्रका साथै आमा बुवाको नागरीकता, घरको लालपुर्जा लगायत जलेर नष्ट भएको जानकारी प्राप्त भएको छ । साथै पशुवस्तुमा भेडा (खाल्बा) एक–एक, गाइको बाच्छी एक, कुखुरा चार, कुखुराका चल्ला बाह्र आगलागीमा परेर मृत्युभएको जानकारी प्राप्त भएको छ ।
साथै २७ वर्षिय उब्जन छत्यालको भाडावर्तन, लत्ता कपडा, फर्निचर, अन्नपात धान आठ क्विइन्ट, कोदो पाँच क्विइन्टल, मकै तीन क्विइन्टल, गहुँ चार क्विइन्टल, उवा चार क्विइन्टल, फापर सात क्विइन्टल, सिमि पाँच क्विइन्टल, चिनो दुई क्विइन्टल, भटमास दुई क्विइन्टल, मास एक क्विइन्टल, केराउ एक क्विइन्टल, घ्यू सात धान्नी (चौध बेजी), मह दश केजी, खाने तेल दश लिटर, ओखरको तेल बाह्र लिटरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । सुन ६ तोला, चाँदी एक सय बयानब्बे तोला, नगद रु दुई लाख, सामसुम कम्पनीको रंगिन टिभि एक थान, लाभा कम्पनीको सादा मोबाइल दुई थान, नागरीकता, बालबालिको मार्कसिट लगायत लजेर नष्ट भएको बताइएको छ ।
यसैगरी सोही गाउँका प्यारीलाल जैसीको दश कोठे तीन तले घरमा आंशीक रुपमा क्षेति हुँदा सबै अन्नपात गरेर आठ क्विएन्ट, सामसुम मोबाइल एक थान, लत्ताकपडा, भाडाकुडा आंशिक रुपमा क्षति भएका छन् । त्यसैगरी अपिलाल जैसीको चार कोठे दुई तले कच्ची घर आंशिक रुपमा क्षति भएको जानकारी प्राप्त भएको छ । आगलागी बुधबार २६ भएको र आज बिहिबार प्रहरीले मुचुल्का उठाएको बताइएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts