काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको प्लेअफमा पुगेको छ । काठमाडौं गोर्खाजलाई ५ विकेटले हराउँदै जनकपुर प्लेअफमा पुगेको हो।
एक खेल अगावै अर्को चरणमा पुग्ने पहिलो टिम जनकपुर बनेको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा काठमाडौंले दिएको १०२ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले १५.५ ओभरमा १०४ रन जोड्दै लक्ष्य पूरा गर्यो ।
जनकपुरका लागि हर्ष ठाकरले अविजित २५ रन जोडे । जिमी नीशम १८ रनमा आउट हुँदा लाहिरु मिलान्थाले १६ तथा कप्तान अनिल साहले ११ रन जोडे ।
बलिङमा काठमाडौंका करण केसीले २ तथा शाहब आलम, जेर्राड एरासमस रदिपेश कँडेलले समान १ विकेट लिए ।
त्यसअघि जनकपुरका ललित राजवंशीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएपछि टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु जनकपुरको धारिलो बलिङ सामु टिक्न नसक्दा १९.३ ओभरमा सबै विकेट गुमाएर १०१ रनमा अलआउट भएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts