काठमाडौं । नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्सलाई १०२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाडौं १९ दशमल ३ ओभरमा १०१ रन बनाएर अलआउट भएको हो।
काठमाडौं का लागि जेरार्ड एरासमसले सर्वाधिक २० रन बनाए । कप्तान करण केसील १९ र स्टेफेन इसक्नाजीले १७ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङमा जनकपुर बोल्ट्सका लागि ललित राजवंशीले ४ ओभरमा २ मेडन राख्दै केवल ८ रन खर्चेर ३ विकेट लिए । यस्तै शेर मल्लले ३.३ ओभरमा ११ रन खर्चेर ३ विकेट नै लिए ।
मोहम्मद मोहसिनले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । किशोर महतो र अरनिको यादवले समान १/ १ विकेट लिए ।
अहिले जनकपुरले जवाफी ब्याटिङ गरिरहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts