विराटनगर । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक महासंघले चैत २४-२६ गतेसम्म तेस्रो महाधिवेशन गर्ने निर्णय गरेको छ । संघको सोमबार र मंगलबार विराटनगर महानगरपालिकास्थित मारवाडी सेवा सदनको सभाहलमा बसेको बैठकले उक्त निर्णय गरेको महामन्त्री शिवशंकरप्रसाद रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले महाधिवेशनसम्बन्धी ६ वटा निर्णय गरेको छ ।
बैठकले महासंघको तेस्रो अधिवेशन गर्न सबै पालिकाहरूमा २०८१ माघ १५ गतेभित्र (अधिवेशन) गरिसक्ने निर्णय भएको छ । यस्तै, २०८१ फागुन १५ भित्र प्रदेश तथा विधागत संघहरूको अधिवेशन सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ ।
यसबाहेक महासंघअन्तर्गत रहेका विधागत संघहरूको विधान २०७३ संशोधन २०८१ सहितको विधान मस्यौदा सर्वसम्मत अनुमोदन, महासंघको विधानविरुद्ध संलग्न जो कोही महासंघका पदाधिकारी तथा समितिले प्रमाणका आधारमा निलम्बन वा सदस्यहरूमाथि अनुशासन निष्कासन गर्न सक्ने निर्णय पनि भएको छ ।
साथै, नेपाल सांस्कृतिक महासंघको अधिवेशन तथा महाधिवेशन निर्धारित समयमा सम्पन्न गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिसँग प्रतिनिधि तोक्न अनुरोध गर्ने पनि बैठकले निर्णय गरेको रिजालले जानकारी दिनुभयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts