बाँके । बाँकेमा बस दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार काठमाडौंबाट धनगढी जाँदै गरेको सु प प ०१ –००१ ख ३६४४ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका– ८ मगुवामा विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई जोगाउने क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको थियो। बस सोमबार बिहान बाँकेमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
२४ यात्रु सवार बसले ट्रकलाई जोगाउन खोज्दा रुखमा ठोक्किएर दुर्घटनामा परेको थियो। दुर्घटनामा परी दुई जना सामान्य घाइते भएको र उनीहरु कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका लागि गएको प्रहरीले जानकारी दिएको छ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts