कालीकोट । बाजुराको विकटमा पर्ने हिमाली गाउँपालिका–५ स्थित रुगीन स्वास्थ्य चौकीमा आगलागी भएको छ ।
आइतबार दिउँसो भएको आगलागीबाट स्वास्थ्य चौकीको १० कोठे भवनसहित त्यहाँ रहेका सम्पूर्ण स्वास्थ्य उपकरण, औषधिलगायत सामग्री नष्ट भएको हिमाली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताउनुभयो ।
स्वास्थ्य चौकीमा रहेको विद्युतीय उपकरण चलाउने बेला आगलागी भएको बुझिएको भण्डारीले बताउनुभएको छ । उहाँका अनुसार १० वर्षअघि ढुंगा र काठ प्रयोग गरेर उक्त स्वास्थ्य चौकी निर्माण गरिएको थियो ।
रुगीन स्वास्थ्य चौकी बाजुरामै पुरानोमध्येको स्वास्थ्य संस्था हो । निकै विकटमा पर्ने भएकाले त्यहाँ भिडियो एक्सरे मेसिन, औषधि, ल्याबलगायतका थुप्रै स्वास्थ्य उपकरण थिए,’ निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भन्नुभयो । झण्डै एक करोड मूल्य बराबरका त स्वास्थ्य सामग्री मात्रै थिए । सबै जलेर नष्ट भएको खबर छ ।’







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता