काठमाडौं । लक्ष्मी सनराइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरणमार्फत् सेवा विस्तार गरेको छ । बैंकको काठमाडौं महानगरपालिका २२ स्थित पाको न्युरोडमा रहेको शाखालाई ललितपुर महानगरपालिका ९ स्थित पाटनको च्यासलमा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साबिक शाखाका ग्राहकले न्युरोडमै रहेको अर्को शाखाबाट सेवा लिन सक्ने बैंकले जनाएको छ ।
स्थानान्तरणसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरू प्रदान गर्नेछ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts