काठमाडौं । नेपालमा द्विपक्षीय लगानी तथा आर्थिक विकासका लागि नेपाल प्राइभेट इक्विटी एसोसिएसन (एनपिइए) र अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम) बीच सहकार्यका लागि सम्झौता भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच एनपिइएका अध्यक्ष सिद्धान्तराज पाण्डे र एमच्यामका अध्यक्ष निर्मलकाजी श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौतामा नेपालमा आकर्षक लगानी वातावरण सिर्जना गर्न तथा नेपाल र अमेरिकाबीचको आर्थिक सम्बन्ध थप सुदृढ बनाउने लक्ष्य राखिएको छ । त्यसका लागि रणनीतिक साझेदारी गर्न दुवै संस्था सहमत भएका छन् । सम्झौताअनुसार एनपिइए र एमच्यामबीच मुख्यतः स्रोतको आदानप्रदान, विभिन्न कार्यक्रममा सहभागिता र बजार विश्लेषणका क्षेत्रमा सहकार्य हुने बताइएको छ ।
सम्झौताअनुसार एनपिइए र एमच्यामले बजार अनुसन्धान र तथ्यांक आदानप्रदान गर्दै नयाँ व्यापार र लगानीका अवसर पहिचानका साथै प्रमुख सरोकारवाला र निर्णयकर्तासँग सम्बन्ध विस्तार गर्दै विभिन्न मञ्चमा पहुँच उपलब्ध गराउन एकअर्कालाई सहयोग पुर्याउनेछन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता