मुगु । मुगु जिल्लास्थित रारा राष्ट्रिय निकुन्जको जङ्गलमा पहिलो पहिलो पटक कालो रङ्गको चितुवा र लोखर्के देखा परेका छन् ।
निकुन्ज स्थापना देखि कहिल्यै नदेखिएका यी वन्यज्न्तुहरु काठमाडौं त्रिभुवन विश्व विधालयका सोधकर्ता विद्यार्थीहरुले रारा क्षेत्रमा स्तनधारि वन्यजन्तुहरुको अध्ययन, अनुशन्धान गर्न जडान गरेका क्यामाराहरुले कैद गरेको भिडियोमा देखिएको रारा राष्ट्रिय निकुन्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेले बताउनु भयो ।
जडित क्यामाराहरुमा कालो रङ्गको चितुवा(मेलनेस्टिक लिओपट)हिमाली भालु,स्याल, कस्तुरी, बँदेल, लोखर्के जस्ता स्तनधारी वन्यजस्तु ट्याप भएका र ती मध्य कालो रङ्गको चितुवा र लोखर्के पहिलो पटक देखिएको रारा राष्ट्रिय निकुन्जका सुचना अधिकारी धर्मजित साउतले जानकारी दिनुभयो ।
निकुन्ज भित्र पाइने ठूला तथा मध्यम स्तनधारी जनावरको अभिलेखीकरण, तिनीहरूको गतिविधि र विवरणबारे अनुसन्धान गर्न क्यामेरा ट्रयाप प्रविधिको प्रयोग गरिएको हो ।
त्रिभुवन विश्वविद्यालय, प्राणी शास्त्र केन्द्रीय विभागमा विद्यावारिधि गरिरहेका विद्यार्थी तिलक थापा मगर, अनुसन्धानकर्मी विमलराज श्रेष्ठ, स्नातकोत्तरका विद्यार्थी वाचन प्रसाई र मध्यवर्ती उपभोक्ता समितिका पूर्वअध्यक्ष बिर्खबहादुर रोकाया उक्त अनुसन्धानमा सक्रिय हुनुहुन्छ ।
यो अनुसन्धानको सुपरिवेक्षण प्राणीशास्त्र केन्द्रीय विभागका सह-प्राध्यापक हरिप्रसाद शर्माले गरिरहनु भएको थियो । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग र रारा राष्ट्रिय निकुन्ज कार्यालय मुगुको अनुमतीमा गत कार्तिक ६ गते देखी २१ दिनको लागि रारा राष्ट्रिय निकुञ्जको बिभिन्न ४० स्थानमा क्यामरा जडान गरीएको थियो ।
निकुन्ज क्षेत्रमा निकुन्ज कार्यालयले चराचुरुङ्गीहरुको गणना गर्दै आएको भएपनी यहाँ रहेका वन्यजन्तुहरु, जलचर, वनस्पतीहरुको अवस्था, अध्ययन र गणना कहिल्यै गरिएको छैन ।
जैविक विविधता, प्राकृतिक स्रोत साधनले भरिपुर्ण यो निकुन्जमा ५४ प्रजातिका स्तनधारी जनावर, २९६ प्रजातीका चराचुरुङ्गी, ७ प्रजातीका माछा (जसमा ३ प्रजातीका असला जातका माछा विश्वभरिमा कतै पाउदैन जो रारा तालमा मात्र पाइन्छन) १ प्रजातीको उभयचर, १ प्रजातीको घर्षने वन्युजन्तु र १०२४ प्रजातीका वनस्पतिहरु पाइने गरेका छन् ।
रारा निकुन्ज क्षेत्रको संरक्षणमा समुदाय, निकुन्ज र नेपाली सेनाले ध्यान नदिएको, वनस्पती, चराचुरुङ्गी, वन्यजन्यु, जलचर र धलचरहरुको संख्या घट्दै गएको अनुमानित आरोप लागि रहेका बेला निकुन्जमा नयाँ प्रजातिका वन्यजन्तुहरु देखा पर्नु पछिल्लो समय संरक्षणमा समुदाय, निकुन्ज परिवार र नेपाली सेनाले खेलेको भुमिकाको प्रतिफल भएको निमित्त वरिष्ठ संरक्षण अधिकृत न्यौपाने बताउनु हुन्छ ।
उहाँ भन्नुहुन्छ, 'रारा क्षेत्रमा कति प्रजाती र सख्यामा वनस्पती छन ? वन्यजन्तु छन ? जलचर र थलचर छन त्यो लामो समय देखि अध्ययन,अनुसन्धान र गणना हुन सकेको छैन । नेपाल सरकारले वैज्ञानिक तरिका अपनाइ र आधुनिक उपकरण, प्रविधि र जनशक्तिको प्रयोग गरि अध्ययन, अनुसन्धान र गणना गर्नुपर्छ ।'
२०३० सालमा घोषणा भै २०३२ सालमा स्थापना भएको रारा राष्ट्रिय निकुन्ज भित्र नेपाल कै ठूलो र गहिरो रारा ताल समेत रहेको छ ।
१०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा राष्ट्रिय निकुन्जको १५ दशमलव ८३ वर्गकिलो किलोमिटर भु-भागलाई सन २००७ मा रामसार क्षेत्रमा सुचिकृत गरिएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा