बाग्लुङ । घरका ढोकामा ताला ठोकिएका छन् । भित्ता उप्किएर चिरा चिरा परेका छन् । घर वरपरका वनमारा पलाएरको छ भने खेतीयोग्य जमिनमा झाडी पलाएर ढपक्कै भएका छन् । बागलुङको काठेखोला गाउँपालिका–५ करलिम गाउँ एक दशक अगाडिसम्म निकै रमाइलो थियो । तर अहिले बढ्दो बसाइँसराइका कारण गाउँ रित्तिएपछि सुनसानबनेको छ ।
गाउँमा भएरका घरहरु पनि खाली हुँदै गएका छन् । छरछिमेक र आफन्त सबै बसाइँ सरेर बजार झरेपछि अहिले गाउँमा रहेकाहरु निराश छन् । बसाइँ नसरेकाहरुले पनि आफ्नो परिवारलाई शहर बजारमा राखेका छन् । युवा शक्ति विदेश हुँदा गाउँमा बुढापाका बाहेक अरुलाई भेट्याउन सकिन्न । काठेखोला जिल्लामै धेरै बसाइँसारइ गर्ने ठाउँ हो । यहाँका अधिकांश युवा, जापान, कोरिया र अष्ट्रेलियामा छन् भने उनीहरुको परिवार बागलुङ, पोखरा, काठमाडौँ र चिवतन बसाइँसरेका छन् ।
बसाइँसाइले गाउँमा हरेक वृद्धवृद्धालाई दुःख बिमार लाग्दा अस्पतालसम्म पु¥याउने मान्छे समय–समयमा । समस्या पर्ने गरेको छ । गाउँघर झाडीले ढाकिन थालेपछि वन्यजन्तको आतंक बढ्दै गएको छ । जसले स्थानीय त्रसित बनेका छन् । गाउँमा वृद्धवृद्धा र महिला मात्रै रहेको हुँदा हिँडडुल गर्न पनि डर हुने स्थानीय मैना सुवेदीले गुनासो गर्नु भयो । जनशक्तिको अभावमा खेतीबारीमा खेती गर्नसमेत छोडिएको उहाँले बताउनुभयो ।
सुवेदीले भन्नुभयो, “मान्छेहरु सबै बजार झरे, गाउँमा बस्नै छोडे, पहिले कति रमाइलो थियो यो ठाउँ अहिले विरक्त लाग्ने भएको छ, यहाँ वरपरका सबै घर खाली छन्, अर्मपर्म गरेर खेतीपाती गर्नलाई मान्छे पाइँदैनन्, पहिले मुरीका मुरी धान, मकै, कादो फल्ने बारीमा अहिले वनमारा पलाएको छ ।”
स्थानीय चिरञ्जिवी कँडेलले राज्यले बसाइँसराइलाई व्यवस्थापन गर्नु पर्ने बताउनुभयो । बसाइँसराइ गरेर जानेर घर खाली राख्न नपाइने नीति ल्याउनु पर्ने उहाँको भनाइ छ । अहिले गाउँमा निस्किने बाटोसमेत वनमारा र झाडीले पुरिएको कँडेल बताउनुहुन्छ । पहिलेको तुलनामा धेरै विकास भए पनि बसाइँसराइ नरोकिएको उहाँको भनाइ छ ।
युवा शक्ति विदेश पालयन भएका छन् । गाउँका हुने खानेहरु सेवा सुविधाको खोजी गर्दै बसाइँसराइ गरेर बजार झरेपछि गाउँमा न्यून वर्गका मानिसहरु मात्रै छ । स्थानीय सरकारले नागरिकका आधारभूत आवश्यकतालाई पुरा गर्दै गए पनि बसाइँसराइ रोकिएको छैन । काठेखोलाको करलिम मात्र होइन जिल्लाको अन्य धेरै ठाउँबाट बसाइँसारइ गर्नेको संख्या बढ्दै गएको छ । जसले ग्रामीण क्षेत्र सुनसान भएका छन् ।
काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले बसाइँसराइ रोक्नका लागि नागरिकलाई उद्यमसँग जोड्ने र व्यवसायिक बनाउने खालका कार्यक्रम ल्याएको बताउनुभयो । धेरै जसो गुणस्तरीय स्वास्थ्य र शिक्षाका लागि बसाइँसराइ गरेको भन्दै पालिकाले अहिले ति क्षेत्रमा लगानी गरि रहेको उहाँको भनाइ छ । गाउँमै बस्ने वातावरण तयार गर्नका लागि आफूहरु गम्भीर भएर लागेको उपाध्यक्ष थापाले बताउनुभयो ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts