काठमाडौं । सानिमा बैंकले २०औँ वार्षिकोत्सवका अवसरमा सामुदायिक सेवा केन्द्र नक्साल तथा सामुदायिक प्रहरी सेवा केन्द्र नक्साल, ब्लड डोनर एसोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पतालको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
बैंकको मुख्य कार्यालय परिसरमा रहेको नन्दीकेश्वर बगैंचामा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीको उल्लेखनीय सहभागिता रहेको थियो ।
शुक्रबार आयोजित रक्तदात कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले सम्पूर्ण रक्तदाताहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।
सानिमा बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रम गर्दै आएको छ । बैंकले हरेक वर्ष वार्षिकोत्सवका अवसरमा देशैभर रहेका शाखाबाट रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements