काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेटसँगै घरमै हेरिरहेका दर्शकका लागि अझ ठूलो स्क्रिनमा खेलको मनोरञ्जन लिन सामसुङ नेपालले आफ्ना नवीनतम टिभीहरूमा ३१ प्रतिशसम्मको आकर्षक छुट अफर ल्याएको छ । अफरमा क्युएलइडी टिभी, क्रिस्टल युएचडी ४ के टिभी र एफएचडी टिभीको इमर्सिभ रेन्ज पनि समावेश गरिएका छन् ।
कम्पनीका अनुसार ग्राहकलाई १२ महिना अवधिमा शून्य ब्याजदरमा मनपर्ने टिभीहरू सजिलो इएमआईमा प्राप्त गर्न यो अफरमा सामसुङको इन्स्टा-फाइनान्स सेवा समावेश छ । एक्सचेन्ज पार्टनर आर्कोस्टोरद्वारा ग्राहकले आफ्नो पुरानो इलेक्ट्रोनिक उपकरण एक्सचेन्ज गरी नयाँ टिभी खरिद गर्ने सेवा पनि सामसुङले उपलब्ध गराएको छ ।
१६ पुससम्म मान्य रहने अफर सामसुङको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रालि र आधिकारिक पुनर्बिक्रेता त्रिवेणी व्यापार प्रालिका डिलर नेटवर्कद्वारा नेपालभर उपलब्ध रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements