
इलाम । रेडहर्स फुटबल क्लबको आयोजनामा इलामको ठूलो टुँडिखेलमा आज (शनिबार)देखि इलाम गोल्डकप हुँदै छ । १० लाख पुरस्कार राशिको उक्त गोल्डकपको तयारी पूरा भएको आयोजकले जनाएका छन् । प्रतियोगिता यही मंसिर २९ गतेसम्म हुने क्लबका सचिव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।
१२ हजार दर्शक अटाउने प्यारापिट, मञ्च लगायतका सम्पूर्ण तयारी पूरा भएको तथा प्रतियोगितमा भाग लिन डिफेण्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) र संकटा क्लब इलाम आइसकेका छन् ।
प्रतियोगितमा भिड्ने त्रिभुवन आर्मी, चर्च ब्वाइज, झापाको रेड स्टार, मच्छिन्द्र, दार्जिलिङको जिटिएका खेलाडी आउन बाँकी छ । स्पर्धामा आयोजक रेड हर्स क्लब पनि सहभागी हुनेछ । उक्त क्लबले गत वर्ष पहिलोपटक प्रतियोगिता आयोजना गरेको थियो । विजेताले उपाधिसहित नगद १० लाख र उपविजेताले पाँच लाख पुरस्कार पाउनेछन् । विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई २५ हजार नगद प्रदान गरिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच