हेटौंडा।सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुराका ग्रामीण क्षेत्रमा महिलाले महिनावारि र सुत्केरी भएका बेला घरका कुनै पनि सरसामान छुनु हु“दैन भन्ने अन्धविश्वास कायम छ ।
त्यसैले यस्तो बेला सुत्केरी वा रजस्वला भएकी नारीलाई घरभन्दा केहीपर बनाइएको झुपडीमा बस्न लगाइन्छ । यस्तो गोठलाई 'छाउपडी कुडी’ भनिन्छ ।
छुई वा छाउपडी, सुत्केरी भएको वा महिनावारिमा उनीहरुलाई कसैले छुन नहुने र घरपरिवारदेखि बेग्लिएर बस्नुपर्ने परम्परा हो । यो प्राचीनकालदेखि नै चलिआएको बताइन्छ । मुलुकका अन्य जिल्लाका अतिरिक्त मध्य तथा सुदूरपश्चिम पश्चिम नेपालका विकट पहाडी जिल्ला जुम्ला, कालीकोट, दैलेख, डोल्पा, बझाङ, अछाम र बाजुरालगायत दुई दर्जनभन्दा बढी जिल्लामा उक्त प्रथा कायम छ । छुईका कारण अलग्गै बसेका बेला महिलामा पटकपटक अप्रिय घटना हुन थालेपछि त्यहा“का महिला चिन्तित छन् । विशेषगरि बाहुन, क्षेत्री, मगर, ठकुरी परिवारका महिला यस्तो परम्पराबाट पीडित छन् । सुत्केरी भएको २२ दिनसम्म र महिनावारि भएको ९ दिनसम्म घरदेखि टाढाको छाप्रोमा बस्नुपर्ने हुन्छ ।
सोहीलगायत कुप्रथाविरुद्ध 'लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने नारासाथ लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानको बार्हौ दिन चेतनामूलक गीतिनाटक प्रस्तुत गरिएको छ ।
हेटौंडा-१०, बसपार्कको मुख्य चोकमा लैंगिक हिंसाविरुद्ध अभियानअन्तर्गत् शुक्रबार गीतिनाटक प्रस्तुत भएको हो ।
गीतिनाटकमा शारीरिक अशक्तता भएका महिला, छाउपडी, मानव बेचबिखन, एकल महिला, बोक्सीको आरोपलगायत बिभिन्न आरोपका विषयमा गीतिनाटक प्रस्तुत गरिएको थियो । सामुदायिक प्रहरी उपसेवा केन्द्र बसपार्कको मुख्य आयोजना तथा माइती नेपाल, लैंगिक हिंसा जिल्ला सञ्जाल, साना हातहरु, शान्ति फाउन्डेसन, सुनिता फाउन्डेसन, ग्रीन फाउन्डेसन, मानवअधिकार संगठन, हिमराइट्स्, कोशिस, न्यानो आँगन, महिला तथा बालबालिका र ज्येष्ठ नागरिक सेवाकेन्द्र प्रमुख संगीता लामा, अस्मिता नेपाललगायत संघसंस्थाको समन्वयमा कार्यक्रम भएको थियो ।
केन्द्र अध्यक्ष प्रदीप कँडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१० का अध्यक्ष फुर्वा दोर्जेलामाको प्रमुख आतिथ्यता थियो । माइती नेपाल कार्यक्रम संयोजक माया लामाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लामाले यस्ता चेतनामूलक कार्यक्रममा संघसंस्थामात्र नभइ सबै जनताले एकाकार हुनुपर्ने बताउनुभयो । मकवानपुरका डीएसपी श्यामु अर्यालले नाटक सान्दर्भिक भएको बताउँदै हिंसाविरुद्ध प्रहरीले दैनिकजसो नागरिकमा चेतना फैलाउने गरेको बताउनुभयो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालय महिला विकास अधिकृत चन्दा ब्यञ्जनकार, गैरसरकारी संस्था मकवानपुर अध्यक्ष रमिला सापकोटा, फ्रेन्ड्स् हेटौंडाका बिनोद ढकाल, ट्राफिक प्रहरी केशब अधिकारी, प्रहरी र स्थानीय यात्रुलगायतको उपस्थिति थियो ।
गीतिनाटक १९ गते मनहरी गाउ“पालिका-३ स्थित पशुपतिनाथ मावि र २० गते बकैया गाउँपालिकामा प्रदर्शन भएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts