काठमाडौं । नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्सले पावरप्लेमा बिना विकेट ८० रन बनाएको छ।
टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पछ्याएको उसले राम्रो सुरुवात गरेको छ ।
पोखराका दुवै ओपनर दिनेश खरेल र एन्ड्रिज गोउस अविजित खेलिरहेका छन्।
ओपनर एन्ड्रिज गोउसले एनपीएलकै कम बलमा अर्धशतक पूरा गरेका छन् । उनले २० बलमै अर्धशतक पुरा गरेका हुन् । उनले ५ चौका र ४ छक्का प्रहार गरेका छन् ।
अर्का ओपनर दिनेश खरेल पनि ३४ रन बनाएर खेलिरहेका छन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts