
काठमाडौं । स्वारसम्राट नारायणगोपालको ३४औं स्मृति दिवसमा काठमाडौंमा एक कार्यक्रम गरी उहाँको सम्झना गरिएको छ । सांस्कृतिक संस्थानमा विभिन्न कलाकारले उहाँको गीत गाउँदै उहाँप्रति श्रद्धाभाव प्रकट गरेका छन् । संस्थानद्वारा आयोजित ‘सम्झनामा नारायणगोपाल सांगीतिक समपर्ण’ कार्यक्रममा नयाँ र पुराना पुस्ताका स्रष्टाले उहाँको गीत प्रस्तुत गरेका थिए ।
नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राई, संस्थानका अध्यक्ष चन्द्रकुमार राई, महाप्रबन्धक किरणबाबु पुन, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीलगायतले स्वरसम्राट् नारायणगोपालको तस्बिरमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो ।
कार्यक्रमक शिला विष्टले गाएको ‘केही मिठो बात गर’ बोलको गीतबाट कार्यक्रम सुरु गरिएको थियो । गायक तीर्थराज पोखरेलले ‘मैले पुण्य मन पराएँ’, दीपेन्द्र वज्राचार्यले ‘केही चोटले ज्ञानी हुन्छु’, राधिका भण्डारीले ‘पोखिएर घामको झुल्का’, विपिन घिमिरेले ‘जिन्दगी गोरेटो यो’, खुसी थुलुङ राईले ‘वीरताको चिनो’, विपिन घिमिरे र राधिका भण्डारीले ‘हे कान्छा ठट्टैमा यो’ र प्रशिक्षार्थीहरूले ‘जाग लम्क चम्क हे’ बोलको गीत गाएर श्रद्धाञ्जलि अपर्ण गर्नुभएको थियो ।
असंख्य कालजयी गीतका सर्जक तथा जादुमय स्वरका धनी स्वरसम्राट नारायणगोपालको जन्म बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको कोखबाट १९९६ असोज १८ गते काठमाडौंमा भएको थियो । उहाँको विसं २०४७ मंसिर १९ गते ५१ वर्षको उमेरमा निधन भयो । नेपाली सांगीतिक क्षेत्रमा गहिरो प्रभाव छाडेर संसारबाट बिदा हुनुभएका स्वरसम्राट अहिले पनि जनजनको मनमनमा जीवन्त जस्तै हुनुहुन्छ । ‘यो सम्झिने मन छ, म बिर्सूं कसरी’, ‘आँखा छोपी नरोउ भनी भन्नु पर्या छ’, ‘एउटा मान्छेको मायाले कति’ जस्ता कालजयी गीतहरूमा आवाज दिनुभएका स्वरम्राटको स्वर माधुर्यले अहिले पनि लोकप्रियताको सगरमाथा चुमिरहको छ ।
कुमार बस्नेत, बुलु मुकारुङ र शिवशंकर थापालाई स्मृति पुरस्कार
यसवर्षको स्वरसम्राट नारायणगोपाल स्मृति पुरस्कार तीनजना स्रष्टालाई प्रदान गरिएको छ । स्वरसम्राटको ३४औं स्मृति दिवसको अवसरमा नारायणगोपाल संगीत कोषले बुधबार गायक कुमार बस्नेत, संगीतकार बुलु मुकारुङ र कवि तथा गीत रचनाकार शिवशंकर थापालाई नारायण गोपाल स्मृति सम्मान २०८१’ प्रदान गरिएको हो ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित समारोहमा उहाँहरूलाई जनही नगद ५१ हजार रुपैयाँसहित ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको थियो । नेपाली संगीतमा महŒवपूर्ण योगदान पु¥याउने कलाकारलाई वर्षेनी सम्मान प्रदान गरिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच