हेटौंडा । बागमती प्रदेशको खानेपानी, उर्जा तथा सिंचाई मन्त्री श्याम बहादुर खड्काले यहाँको नारायणी लिफ्ट तथा खगेरी सिंचाई व्यवस्थापन आयोजनालाई नियमित रुपमा संञ्चालन गर्ने गरी मन्त्रालयले काम गर्न तयार रहेको बताउनुभएको छ ।
आज यहाँ कार्यालयको निरिक्षण अनुगमन पछि बोल्दै उहाँले जनताको आयस्तर संग जोडिएका आयोजनाहरुलाई नियमित रुपमा सञ्चालनमा ल्याउने गरी काम गर्न जरुरी रहेको बताउनुभयो ।
नारायणी लिफ्ट तथा खगेरी सिचाइ व्यावस्थापन आयोजनालाई प्रभावकारी रुपमा संञ्चालनमा ल्याउन सके उत्पादन वढाएर यहाँको उत्पादनले अन्य जिल्लालाई समेत पुर्याउन सकीने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जनतासंग प्रत्यक्ष सरोकार राख्ने योजना भएकाले नियमित सञ्चालन गरेर सेवा दिनु पर्छ भन्नेमा मन्त्रालय रहेको छ ।”यसको व्यवस्थापनका लागि यहाँका जनप्रतिनिधिहरु संगको परामर्श आबश्यक रहेको उहाँले बताउनुभयो ।
सो अबसरमा बोल्दै मन्त्रालयका सचिब मोहनकुमार शाक्यले नियमित सिचाईका लागि आबश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । योजना बनाएर जनताले सेवा पाउने काम गरौ हामी सहयोग गर्न तयार छौँ उहाँले भन्नुभयो ।
उहाँले मन्त्रालयबाट हुन सक्ने र गर्न सकिने काममा आफु सधै सकारात्मक भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “नियमित सेवा दिन के गर्नुपर्छ योजना बनाएर ल्याउनुहोस् हामी काम गर्न तयार छौ ।”
मन्त्रालयको सिचाई महाशाखा प्रमुख मेघराज अवस्ती, नारायणी लिफ्ट सिचाई आयोजनाका अध्यक्ष पूर्ण वहादुर रानाभाट लगाएतले दुबै वटा सिचाई आयोजनालाई नियमित संञ्चालन गर्न सके पश्चिम चितवनमा सिचाईको अभाव नहुने बताउनुभयो ।
कार्यक्रममा कार्यालयका प्रमुख प्रकाश तिमलसीनाले कार्यालयको अबस्था र अहिले भईरको कामका बारेमा प्रकाश पार्नु भएको थियो । मन्त्री खड्काले आजै पूर्बी चितवनमा रहेको भूमिगत जलस्रोत तथा सिचाई बिकास डिभिजन कार्यालय खैरहनी र जलस्रोत तथा सिचाई डिभिजन कार्यालय भरतपुरको समेत निरिक्षण अनुगमन गर्नु भएको थियो । सो क्रममा उहाँले कर्मचारीहरुलाई आबश्यक निर्देशन समेत दिनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts