हुम्ला । हुम्लामा रहेका स्थानीय तहले २१ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस एक कार्यक्रम गरी मनाएका छन् ।
विविध स्वास्थ्य क्रियाकलाहरुमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका, स्वस्थ समाज निर्माणमा सहभागीता भन्ने मूल नाराका साथ २१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले विभिन्न स्वास्थ्य संस्थामा एक वर्षमा उत्कृष्ट कार्यका साथै स्वास्थ्य प्रवर्धनका लागि अहोरात्र खटिने पाँच जना महिला स्वयंसेविका लाई सम्मन गरेको छ ।
सम्मानीत हुनेमा वडा नम्बर दुई ठेहे स्वास्थ्यचौकीका बसन्ती बोहरा, वडा नम्बर ती बरगाउँ स्वास्थ्यचौकीका छिरिङकीत लामा, वडा नम्बर सात डाडाफया स्वास्थ्यचौकीका मनिषा शाही, वडा नम्बर आठ स्याडा स्याडा स्वास्थ्यचौकीका इसा रावल र वडा नम्बर ६ माथिल्लो गाउँमा रहेको आभारभूत केन्द्रबाट गौरी सुनारलाई सम्मानित गरिएको सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक नर बहादुर भण्डारीले बताउनुभयो । सिमकोट गाउँपालिकाले एक कार्यक्रम गरी उनीहरुलाई सम्मान पत्र वितरण गरेको जानकारी प्राप्त भएको छ ।
यस्तै दक्षिण भेगमा ताँजकोट गाउँपालिकाले पनि एक कार्यक्रमको आयोजना गरी २१ औँ महिला सामुदायिक दिवस मनाएको गाँउँपालिका स्वास्थ्य संयोजक धनराज ढकालले बताउनुभयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts