कैलाली । कैलालीको धनगढीस्थित पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घर अगाडी बम राख्न लगाउने र राख्ने दुवै जना पक्राउ परेका छन् । बम राख्न लगाउने अमृत सापकोटा (गौरव) र राख्ने दानबहादुर धामी छुट्टाछुट्टै स्थानबाट पक्राउ परेका हुन् ।
२०८१ भदौ ९ गते नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाको धनगढीस्थित घर अगाडि बम फेला परेको थियो । घरको मूलगेटको छेउमा कालो झोलामा माटोभित्र एउटा टिफिन बक्स भेटिएको थियो । सभापति देउवा र उनकी पत्नी परराष्ट्रमन्त्री आरजु राणा देउवा धनगढी आउँदा सोही घरमा बस्नु हुन्छ ।
विस्फोटक पदार्थ राख्ने कामको नेतृत्व अमृत सापकोटा (गौरव)ले गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ । अमृतले माओवादीबाट छुट्टिएर अलग समूह बनाउँदै भूमिगत रूपमा काम गर्दै आएका थिए । उनको साथबाट केही राजनीतिक दस्ताबेज र भूमिगत रूपमा सशस्त्र सङ्घर्ष गर्ने तयारी गरेको कागजात भेटिएको प्रहरीले जनाएको छ । विष्फोटक पदार्थ राखेर आतङ्क मच्चाउने अमृतलाई प्रहरीले पक्राउ गरेको छ ।
देउवाको घर र गिरीबन्धु टी–स्टेटमा बम राख्ने अमृत सापकोटा पक्राउ
गोरखाको छेकम्पार घर भएका ३६ वर्षीय सापकोटा अहिले जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा छन् । भूमिगत रूपमा नेकपा ९माओवादी० नामको पार्टी गठन गरेर अमृतले विस्फोटक पदार्थ राखेर चन्दा असुल गर्ने धन्दा चलाएको आरोपसमेत छ ।
गत शुक्रबार मात्रै कैलाली प्रहरीले देउवाको धनगढी–४ बसपार्क नजिकैको घर अगाडि बम राखेको आरोपमा गौरीगंगा नगरपालिकाका दानबहादुर साउँदलाई पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका अमृतले नै देउवाको निवास अगाडि धामीलाई बम राख्न लगाएको बयान दिएपछि साउँदलाई पक्राउ गरिएको हो। देउवाको निवास अगाडि अज्ञात समूहले विस्फोटक वस्तु राखेको थियो। सो विस्फोटक वस्तु बम भएको पाइएपछि नेपाली सेनाको टोलीले डिस्पोज गरेको थियो।


बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा