मुगु । लामो समय देखी सुर्खेत विमानस्थलबाट उडान नभएका कर्णालीका तीन जिल्लामा बुधबारबाट तारा एयरलाईनसले उडान सुरु गरेको छ ।
लामो समय पछि सुर्खेतबाट कर्णालीका हुम्ला,मुगु र जुम्लामा तारा एयरलाईनसले उडान सुरु गरेपछी सबै भन्दा बढी सुर्खेतमा बसोबास गर्दै आएका साविक कर्णालीका स्थानिय, अध्यनरत बिद्यार्थीहरु लाभान्वित भएका छन् ।
सुर्खेतबाट कर्णालीका तिन हिमाली जिल्लामा हिमाली टुर्स एण्ड ट्राभल्सले उडानको जिम्मा लिएइको छ । तारा एयरलाईन्सले हप्ताको बुधबार र शनिबार सिमीकोट,जुम्ला र रारा बिमान स्थलमा उडान गर्ने तारा एयरलाईन्स नेपालगंजका स्टेसन ईन्र्चाज सुर्यमणी सुबेदीले जानकारी गराउनु भयो ।उहाँका अनुसार सुर्खेत —सिमिकोट ८ हजार सुर्खेत —रारा ६ हजार ५ सय र सुर्खेत —जुम्ला ६ हजार ५ सय भाडा निधारर्ण गरिएको छ ।
सुर्खेत देखी कर्णालीका यि जिल्लामा तारा एयरलाईन्सले उडान गरेपछी जहाजमा यात्रा गर्न कै लागी सुर्खेतबाट नेपालगंज गाडी भाडा तिरेर जान बाध्य भएका मुगु, हुम्ला र जुम्लाका स्थानिय तथा बिद्यार्थीहरु सुर्खेतबाट उडान हुने भएपछी सुर्खेतबाट एक हजार भाडा कम लाग्ने र समय पनी कम लाग्ने भएपछी सुर्खेतमा अध्यन र बसोबास गर्दै आएका यि जिल्लाका स्थानियहरु हर्षित भएको तारा एयरलाईन्स मार्फत सुर्खेतबाट रारा बिमान स्थलमा पुगेका कृष्णाराज भामले बताउनु भयो ।
कार्यालयका कामकाजहरु प्रदेश राजधानी सुर्खेतमा पर्ने गर्छन । सुर्खेत पुग्नलाई नेपालगंज भएर जानु पर्छ नेपालगंजबाट सुर्खेत पुग्दा कार्यलयको समय भर भाडा दुबै बढी लाग्छ अब सुर्खेतबाट उडान हुने भएपछी सरकारी कर्मचारी मात्र नभई सुर्खेत पुग्नेहरुका लागी धेरै सहज भएको बिधुत प्राधिकरण मुगुका प्रमुख सर्जन बहादुर ऐडीले बताउनु भयो ।
लामो समय देखी सुर्खेतबाट कुनै पनी जहाँजले उडान गरेका थिएनन । तारा एयरलाईन्स संग सम्झौता गरी सिमीकोट,रारा र जुम्ला बिमान स्थलमा हप्तामा दुईपटक उडान अनिबार्य गरिने छ ।
यात्रुको चाप अनुसार थप उडान गरिने भएपछी सुर्खेतबाट यि बिमान स्थलमा हुने उडानले काँक्रेबिहार—रारा ,कैलास मानसरवोण ,सेफोक्सुण्डो र चन्द्रनाथको आन्तरिक पर्यटनलाई जोडेर सुर्खेतबाट ब्यवसाहिकरुपमा उडान सुरु गरिएको हिमाली ट्रर्स एण्ड टा«भल्सका प्रबन्ध निर्देशक मिनबहादुर रावलले बताउनु हुन्छ ।







