काठमाडौं । काठमाडौंको बौद्धमा मञ्जुश्री फाइनान्सले विस्तारित शाखा उद्घाटन गरेको छ । विस्तारित शाखाको उद्घाटन आइतबार कम्पनीका संस्थाका अध्यक्ष यादव अधिकारी र बौद्घनाथ क्षेत्र विकास समिति अध्यक्ष राजकुमार लामाले संयुक्तरूपमा गर्नुभएको थियो ।
काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको कम्पनीका शाखा संख्या २७ पुगेको छ । कम्पनीले चालु आर्थिक वर्षको असोजसम्म २१ अर्ब निक्षेप संकलन गरी १७ अर्ब कर्जा परिचालन गरेको छ ।






