काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्सले मासिक योजनाअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्तालाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग साक्षात्कारसहितको ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न गरेको छ ।
लुम्बिनी प्रदेशबाट योग्य भएका करिब ५५ अभिकर्ता, विभागीय प्रमुख एवं लुम्बिनी प्रदेशअन्तर्गतका शाखा प्रमुखको सहभागितामा प्रमुख कार्यकारी अधिकृतले लक्ष्य पूरा गर्ने सबै अभिकर्तालाई मायाको चिनोका साथै स्किममा व्यवस्था भएअनुरूप अर्लि क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्र्न सफल अभिकर्तालाई विशेष सम्मान गर्नुभएको थियो ।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले समय सान्दर्भिक योजना प्रस्तुत गर्ने क्रममा मिट द सिइओ स्किम ल्याइएको र नेपालभरबाट तीन सयभन्दा बढी अभिकर्ता छनोट भएकोमा लुम्बिनी प्रदेशबाट मात्रै ५५ अभिकर्ताहरू छनोट हुन सफल भएको भन्दै स्किममा जोडिने सबै अभिकर्तालाई बधाई दिनुभएको थियो ।
फोटो







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता