विद्यालयमा लैंगिक हिंसाविरुद्ध कार्यक्रम
Read Time = 2 mins
हेटौंडा। हेटौंडा–१९ स्थित लेखपानीको एक विद्यालयमा लैंगिक हिंसाविरुद्ध एकदिने कार्यक्रम भएको छ । लेखपानीको जीवनज्योति आधारभुत विद्यालयमा माइती नेपालको संयोजकत्वमा कार्यक्रम भएको हो ।
लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान चलिरह“दा अभियानअन्तर्गत् आठौं दिनमा बालबालिकामाथि हुने हिंसा तथा बेचबिखनविरुद्ध जनचेतनामुलक कार्यक्रम गरिएको माइती नेपाल संयोजक माया लामाले जानकारी दिनुभयो ।
हेटौंडा-१० स्थित बसपार्कमा मानव बेचबिखनबाट प्रभावितहरुको उद्दार, स्वदेश फिर्ता र सामाजिक पुनस्र्थापनाका लागि मानक सञ्चालन कार्यविधि अविलम्ब कार्यान्वयनका लागि सरकारसँग जोडदार मागसहित हस्ताक्षर गरिएको थियो । उक्त हस्ताक्षर १६ दिने अभियानको अन्तिम दिन प्रहरी प्रमुख (एसपी) लाई बुझाइने छ ।
दुवै कार्यक्रममा माइती नेपाल संयोजक लामा, मन लामा, 'साना हातहरु’ नामक संस्थाका डिकम्बर रुपाचा, दीपक रुम्बा, हेटौंडा-१० स्थित सामुदायिक प्रहरी उपसेवा केन्द्र बसपार्क अध्यक्ष प्रदीप क“डेल, विद्यालयका प्रधानाध्यापक कुमारसिंह गोले र अभिभावकलगायतको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts