
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा कर्णाली याक्समाथि जनकपुर बोल्ट्सले सहज जित निकालेको छ । कप्तान अनिल शाहको अर्धशतकसँगै जनकपुरले दोस्रो जित निकालेको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो खेलमा कर्णाली याक्सविरुद्द जनकपुर बोल्ट्सका कप्तान शाहले कप्तानी पारी खेले ।
अनिलको अविजित ६२ रनकाे मद्दतमा जनकपुरले कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य १५.१ ओभरमै २ विकेट गुमाएर पूरा गर्यो ।
ओपनर अनिलले ४२ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गरे ।
अनिलले आसिफ शेखसँग पहिलो विकेटका लागि ८४ रनको साझेदारी गर्दै जितको आधार तयार गरे । आसिफले २९ बल खेल्दै २ चौका र २ छक्का मदतमा ३६ रन जोडे ।
दोस्रो विकेटका लागि अनिल र लाहिरु मिलान्थाले ३३ रनको साझेदारी खेले । जिमी निशम १६ रनमा अविजित रहे ।
बलिङमा कर्णालीका मौसम ढकाल र जिशन मक्सुदले एकएक विकेट लिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच