काठमाडौं । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने विजयी हुनुभएको छ ।
आइतबार भएको उपनिर्वाचनको आज बिहान सम्पन्न मतगणनामा लामिछाने ४ हजार २७२ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
उहाँकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी इन्द्र चन्द (सिंह)ले ३ हजार १४७ मत प्राप्त गर्नुभयो । यस्तै, एमालेकी सुनिता बोहराले २ हजार ५४२ मत प्राप्त गर्दा राप्रपाकी पार्वती पुनले १७९ मत प्राप्त गर्नुभयो ।
यसअघिको निर्वाचनमा नलगाडको उपप्रमुखमा कांग्रेसले जितेको थियो ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts