मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी विजयी हुनुभएको छ । आइतबार भएको उपनिर्वाचनमा तिवारीले दुई हजार ६३ मत प्राप्त गर्दै विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईले जानकारी दिनुभएको छ ।
तिवारीका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का रबिकुमार प्रधानले एक हजार पाँच सय ६० मत प्राप्त गर्नु भयो ।
साथै नेपाल कम्युनिष्ट पार्टी (एमाले) राजेश नगरकोटीले एक हजार तीन सय ९८, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमबहादुर भोलनले एक सय ७८, राष्ट्रिय स्वतन्त्र पार्टीका आशा विर बलले ८३, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का बलराम बलले ७३ र मङ्गोल नेशनल अर्गनाइजेसनका दीपा लामाले ३२ मत प्राप्त गर्नुभएको छ ।
विसं २०७९ को निर्वाचनमा तिवारी माओवादी केन्द्रका ललितबहादुर घलानसँग ३१ मतले पराजित हुनुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts