काठमाडौं । सर्वनाम थिएटर राधा कँडेल, बिटु केसी र राम अविरलमा गजल गुञ्जिएका छन् । शनिबार उहाँहरूले आफ्ना प्रस्तुति दिँदइरहँदा ‘वाह ! वाह !!’ ले थिएटर गुञ्जायमान भएको थियो । हरेक दुई महिनामा हुँदै आएको ग्रयाण्ड महफिलको सिजन-२ १३औं शृंखलामा उहाँहरू प्रस्तुत हुनुभएको थियो ।
गजलकार तथा अभियन्ता बाबु त्रिपाठीले सहजीकरण गरेको महफिलमा हरेक गजलकारले आठ/आठवटा गजल प्रस्तुत गरेका थिए । समसामयिक, राजनीतिक-सामाजिक विसंगतिमाथि प्रहारसँगै शृंगारका दुवै रस संयोग तथा विप्रलम्भमा लेखिएका गजलहरू सुनेर श्रोताका कान र रौं ठाडा बनेका थिए ।
लामो समयदेखि गजल साधना गरिरहनुभएका तीनैजना स्रष्टाले गजल प्रस्तुत गरिरहँदा हलमा देखिएको उत्साहले अब नेपाली गजलले नयाँ मार्ग खोजिरहेको आभास दिन्थ्यो ।
गजललाई लोकप्रिय बनाउन र आममान्छेबीच पुर्याउन महफिलले खेलेको भूमिका अतुलनीय रहेको सहभागीले बताए । कार्यक्रममा कवि दीप दर्पणको नवीनतम् कविता कृति ‘एक्लो पृथ्वी, एक्लो मान्छे’माथि परिचर्चा पनि गरिएको थियो । कवि दर्पणले उक्त कृति आफ्नो समयको प्रतिबिम्ब भएको र आफ्नो कृति कसैको प्रतिस्पर्धी नभएको जिकिर गर्नुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा