हेटौंडा । हेटौंडा–१२, मा भएको स्थानीय तह उपनिर्वाचनको मत पेटिका मतगणना स्थल आइपुगेको छ। आइतबार भएको उपनिर्वाचनको मतपेटिका मत गणनास्थल हेटौंडा २ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा आइपुगेको हो।
५ हजार ४ सय ८२ जनाले मतदान गरेका छन् । जम्मा ६८.०७ प्रतिशत मत खसेको बागमती प्रदेश निर्वाचन कार्यालय प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।उक्त वडामा कुल ८ हजार ५३ मतदाता रहेका थिए।
वडाध्यक्षमा एमालेबाट राजेश नगरकोटी, कांग्रेसबाट अर्जुनप्रसाद तिवारी, माओवादी बाट प्रधा रविकुमार प्रधान, रास्वपाबाट आशावीर बल, राप्रपाबाट प्रेमबहादुर भोलन, जसपाबाट छविलाल वाइबा, मंगोल नेशनल अर्गनाइजेशबाट दीपा लामा, नेमकिपाबाट फूलमाया तितुङ र एकीकृत समाजवादीबाट बलराम बल उम्मेदवार छन् ।
वडाअध्यक्ष पदका लागि स्वतन्त्रबाट अर्जुन घलान, गिताकुमारी नेवार र छत्रप्रकाश अधिकारी पनि उम्मेदवार छन् ।
वडाबाट निर्वाचित वडाध्यक्ष ललित घलान जिल्ला समन्वय समितिका प्रमुखमा निर्वाचित भएसँगै रिक्त रहेको स्थानमा निर्वाचन भएको हो ।
सर्वदलीय वैठक बसेपश्चात् केहिसमयमा मतगणना सुरु हुने जानकारी दिइएको छ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts