राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ११ सखुवास्थित कोशी पलारमा आइतबार एक बालिकाको शव भेटिएको छ ।
तत्काल नाम थर वतन नखुलेको तराई मुलकी जस्तो देखिने अन्दाजी वर्ष १०/११ की बालिका मृत अवस्थामा फेला परेको हो ।
तराई मुलको जस्तो देखिने अन्दाजी वर्ष १०/११ की बालिका आइतबार दिउँसो ११:३० बजे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
कोशी किनारमा ३ फिट पानीमा बालिका रहेको छ भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरीक्षकको कमाण्डको टोली पुग्दा बालिका मृत्यु अबस्थामा भेटिएको प्रहरीले बताएका छन् ।
बालिकाको शव राजविराज ल्याइएको तथा घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस अघि सोही नगरपालिकाकी एक स्कुलले छात्रालाई अज्ञात समुहले घाँटीमा डोरी बेरेर हत्या गर्ने प्रयास गरेका थिए ।






