हुम्ला । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकामा भएको उपाध्यक्ष पदको उपनिर्वाचनमा झण्डै ४४ सय मत खसेको छ ।
आइतबार विहान सात बजेदेखि साँझ पाँच बजेसम्म भएको मतदान कार्यमा चार हजार चार सय मत खसेको मुख्य निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले बताउनुभयो । आठ वटा वडाका १२ मतदानस्थलमा उक्त मत खसेको हो ।
सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि उपनिर्वाचन भएको हो । १२ वटै मतदानस्थलबाट मतपेटीका रातीसम्म सर्केगाडमा आइ पुग्ने भएको बरालले बताउनुभयो । गाउँपालिका केन्द्रभन्दा टाढा रहेको जैरबाट आउन हलि ढिला हुने भएपनि अन्य क्षेत्रका सबै आइ पुग्ने भएको उहाँले बताउनुभयो । आइतबार साँझ सर्वदलिय बैठक बसेपछि मतगणना कहिले हुने भन्ने निर्णय हुने उहाँले बताउनु भयो । सर्केगाडको उपाध्यक्ष पदका लागि पाँचवटा राजनीतिक दलहरुले उपनिर्वाचनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी चुनावमा होमिएका छन् । मुख्य प्रतिस्पर्धी कांग्रेस, माओवादी र एमाले देखिएका छन् ।
सर्केगार्डमा कुल छ हजार ८ सय १० मतदाता संख्या रहेको छ । यो मतदान भएको संख्या बाह्र वटा मतदान स्थल र तेह्र वटा मतदान केन्द्रको गरेर हो । यी मतदान केन्द्रमा ७३ जना कर्मचारी र मतदान केन्द्रमा १७३ जना सुरक्षाकर्मीहरु परिचालन भएका छन् । सबै मतदान केन्द्रमा गरि छ हजार ८ सय १० मतदाताहरुले मतदान कार्यमा सहागिता जनाई रहेका छन् ।
सर्केगाडमा शान्त तवरमा मतदान कार्य सम्पन्न
सर्केगाडमा भएको उपनिर्वाचन शान्त र मर्यादित तवरमा सम्पन्न भएको जानकारी प्राप्त भएको छ । गाउँपालिकामा रहेका चारवटा मतदानस्थललाई अति संवेदनशिलका रुपमा यसअघि वर्गीकरण गरिएको थियो । सबै क्षेत्रमा शान्त तरिकाले मतदान कार्य सम्पन्न भएको हो । वडा नम्बर एक देवल प्रावि तुम्च, पालिका केन्द्र हिमज्योती मावि सर्केगाड, वडा नम्बर पाँचको भवानी आवि गोठी र वडा नम्बर सात कोट मावि रोडिकोटका यि चारवटा मतदानस्थललाई अति संवेदनशिलका रुपमा बर्गीकरण गरिएको थियो ।
यि सबै मतदानस्थलमा शान्त र मर्यादित रुपमा उपनिर्वाचन भएको जानकारी प्राप्त भएको छ । यस्तै चारवटा मतदानस्थल संवेदनशील र चारवटा सामान्यमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको थियो । यि सबै मतदानस्थलमा सहज कुनै विवाद नभएर सम्पन्न भएको हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता