काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुख पदको मतगणना आइतबार रातिबाट नै सुरु हुने भएको छ ।
कीर्तिपुरका सहायक निर्वाचन अधिकृत पुर्षोत्तम पौड्यालका अनुसार मतगणनाको पूर्व तयारी भइसकेको छ ।
नगरपालिकाको हलमा मतगणना गर्ने निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको पौड्यालले जानकारी दिनुभयो ।
मतपत्रका सबै बाकस ल्याएपछि सर्वपक्षीय बैठक बसेर राति १० बजेपछि मतगणना सुरु हुने उहाँले बताउनु भयो । हालसम्म सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मत खसाल्ने कार्य भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कीर्तिपुरमा प्रमुख र वडा नम्बर १ र ४ वडाध्यक्षका लागि मतदान भइरहेको छ । नगर प्रमुखका लागि २० जनाको उम्मेदवारी परेको थियो । एकीकृत समाजवादीका भानु रिजालले माओवादी केन्द्रका उम्मेदवार र स्वतन्त्रका नरेश श्रेष्ठले अर्का स्वतन्त्र उम्मेदवार राजमान मानवलाई समर्थन गर्नुभएकाे छ ।






