जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले उमेर पुगी विवाह गर्ने जोडीलाई बधाई प्रमाण पत्र प्रदान गर्ने गरेको छ । गाउँपालिकाले उमेर पुगेर विवाह गर्ने नव जोडीलाई बधाई प्रमाण पत्र प्रदान गर्ने गरेका छौ । सकारात्मक सन्देश फैलाउने कामले पक्कै पनि बालविवाह रोकथाममा महत्वपूर्ण भुमिका खेल्ने विश्वास गरिएको छ ।
गाउँपालिका महिला तथा बालबालिका शाखाका प्रमुख भगवती गिरीले भन्नुभयो,“हरेक वर्ष विवाह गर्ने महिनामा प्रहरी, जनप्रतिनिधि, महिला बालबालिका शाखा, बाल क्लव र अनुगमन, अभियान, अन्तरक्रिया, सडक नाटक र गाउँबस्ती बस्तीमा पुगेर बालविवाह रोकथामका लागि सचेतना कार्यक्रम गर्नेलगायतका काम निरन्तर भई रहेका छन् ।” बाल विवाह बढीहुने वडामा विवाहित नयाँ जोडीलाई बधाई पत्र दिएर यो कार्यको सुरुवात गरिएको महिला तथा बालबालिका शाखा प्रमुख गिरीले जानकारी दिनुभयो ।
उमेर पुगेपछि मात्र विवाह गर्ने प्रचलनलाई प्रवर्द्धन गर्न यो उपाय अपनाइएको हो । यसले नयाँ पुस्तामा सही सन्देश पुर्याएर बालविवाह गर्ने परम्परागत हानिकारक अभ्यास अन्त्य गर्न सहयोग पुर्याउने विश्वास पालिकाले लिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराको भनाइ छ ।
सोही योजना अनुरुप पातारासी गाउँपालिका-७ रिनीका अर्जुन खड्का र लालमाया बुढा(खड्का)लाई पहिलो बधाई पत्र प्रदान समेत गरिएको छ । यो जोडीले २० वर्ष उमेर पूरा गरी विवाह गरेकाले बालविवाह न्यूनीकरणको लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको भन्दै सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच